Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दशै आयो खाउला पिउला :शिव थापा मगर


लोक तथा पप गायक शिव थापामगरले आफ्नो चौथो एल्बम बजारमा ल्याएका छन् । उदयपुरे गायक थापा मगरले नेपालीहरुको महान चाड बडादशैलाई लक्षित गरी एल्बम ‘उत्साह’ लिएर आएका हुन ।

  गायक मगरको एल्बममा भेट भयो..., सपना देखायौ..., उत्साह उमङ्ग..., आहा साईली परदेशबाट फरिया ल्याईदिउला..., गालैको कोठीमा..., के बोकी आयौ.. र धेरै ग्राहो.. बोलका सात वटा गीत समेटिएका छन् एल्बममा ।   

 गायक थापा मगरको एकल शब्द र सङ्गीत रहेको उक्त एल्बम भ्वाईस क्रियसनले बजारमा ल्याएको हो । एल्बमको चौथो नम्बरको ‘दशै आयो खाउला पिउला...., आहा साहिली परदेशबाट फरिया ल्याईदिउँला... बोलको गीतको म्युजिक भिडियो समेत रिलिज भईसकेको गायक मगरले बताए । उनले भने ‘हाम्रा दाजुभाईहरु धेरै जना घर बाहिर जानु भएको छ, दशैमा परदेशी दाजुभाईलाई आफ्ना आफन्तसँग गीतमार्फत भेटघाट गर्न सजिलो होस भनेर उत्साह लिएर आएको हुँ ।’

 विशेष गरी परदेशमा रहनु हुने दाजु भाइहरूको भावनालाई गीतले समेटन खोजेको गायक थापा मगर बताउँछन ।  गायक थापाले आफ्नो भुमरी एल्बमको ‘कसरी बाँचु....’ बोलको गीतबाट सन २०१२ मा पप गीत तर्फको राष्ट्रिय अवार्ड समेत पाई सकेका छन । उनको सोल्टी ज्यू, एसेप्ट मी र भुमरी एल्बम यस अघि नै बजारमा आई सकेको छ ।  


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget