इटहरी÷एक बर्षदेखि सामान्य ढङ्गले अशक्त बन्दै आएको मोरङ्ग बेलबारी ४ लालभित्तीका १२ बर्षीय ब्रेन ट्यूमर पीडित बालक सलिम धिमाललाई वुधवार मोरङ्ग सुनसरी सेवा समाजले कतारमा रहेका नेपालीहरुले पठाएको ८५ हजार ९ सय ४२ रुपियाँ नगद रकम उपचारार्थ हस्तान्तरण गरेको छ ।बेलबारी ४ लालभित्तीमा रहेको श्री शिक्षा सन्देश इङ्गलिस स्कुलको कक्षामा अध्ययनरत सलिम गत बैशाखदेखि ब्रेन ट्यूमरका कारण विद्यालय आउन नसकि भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पतालमा उपचारार्थ रहेका छन ।समाजका अध्यक्ष गोपीप्रसाद बिमली महासचिव खगेन्द्र कार्की सल्लाहकार गोकुलवहादुर थापा लगायतले विद्यालयका प्रिन्सिपल र लालभित्ती युवा क्लव र विरामी बालकका आफन्तलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
मोरङ्ग बेलबारी का १२ बर्षीय ब्रेन ट्यूमर पीडित बालक सलिम धिमाललाई रकम उपचारार्थ हस्तान्तरण