Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अमेरिकामा नेपालीभाषी भुटानी महिलाहरुले मनाए तीज

कोलोराडो  स्पिरिट एडल्ट्स होम कियर र डे कियरले आयोजना गरेको कार्यक्रममा सहभागी विभिन्न समूहका  महिलाहरु






  भजन कृतनमा सहभागी महिलाहरु 
नेपालीभाषी भुटानी समाजसेवीहरु नाराण उप्रेती, मोति सिवाकोटी, शंकर गुरुङ, तिलक खड्का, रघु धौराली, गोविन्द गौतमलागयतहरु
Mairik Adults Daycare को तीज विशेष कार्यक्रममा सहभागी महिलाहरु 

हेम गिरी 
(कोलोराडो) अमेरिका

          नेपालीभाषी भुटानी महिलाहरुले टम्म भरिएको कोलोराडो स्पिरिट एडल्ट्स होम कियर र डे कियर संस्थाको हल, बाहिर गाडीले भरिरहेको चौर, राता सारी, छड्के तिलहरी अनि अन्य गहनापातले ढपक्कै ढाकिएर धेरै मेहनत गरि  सिंगारिएर खुसी साथ बसिरहेका महिलाहरु देखिन्थियो । महिलाहरु मात्र नभएर उनीहरुलाई साथदिनको लागि नेपालीभाषी भुटानी समाजसेवीहरु नाराण उप्रेती, मोति सिवाकोटी, शंकर गुरुङ, तिलक खड्का, रघु धौराली, गोविन्द गौतमलागयतहरु पनि तमतार साथ बसिरहेका थिए । त्यहाँ उस्पथीत सबैको मुहार हँसिलो नै  थियो । दुख भन्ने कुरा भुलेर सबै जना खुसी साट्न एक स्थानमा भेला भए जस्तो देखिन्थ्यो । त्यहाँ रहेका समाजसेवीहरु कार्यक्रमलाई सहजीकरण गर्न खोजिरहेका थिए । महिलाहरु पनि आफ्नै माइतीहरु झैँ गरि उनीहरुलाई साथ दिइरहेका थिए । जब नाराण उप्रेतीले कार्यक्रम सुरु भएको सबैमा जानकारी गराए तब सबै जनाको ध्यान कार्यक्रमतर्फ मोडियो । कार्यक्रम थियो ऋषि पंचमी पूजा ! प्रवासमा रहेर समेत नेपालीभाषी भुटानीहरुले नेपाली धर्म ,संस्कृति र परम्पराको प्रवर्द्धन गरिरहेको यस प्रकारको कार्यक्रमबाट राम्रो तरिकाले बुझिन्छ । राष्ट्रसंघिय पुनर्वास कार्यक्रम अन्तरगत अमेरिकाको कोलोराडो पुगेका नेपालीभाषी  भुटानी महिलाहरुले धुमधामसंग पुजामा सहभागी भइ तीजको गीतहरुमा ढल्की ढल्की नाच्न थाले, गाउँन थाले, कार्यक्रम आयोजकलाई हम्मे नै पर्यो एकछिन त । कोलोराडो स्पिरिट एडल्ट्स होम कियर र डे कियर संस्थाको आयोजनामा  सेप्टेम्बर ६ तारिख कोलोराडोमा आयोजित कार्यक्रममा यी झलकहरु देखियो । सो कार्यक्रममा महिलाहरुले विभिन्न तीजको गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा Human Hope Foundation का सक्रिय सदस्यहरु पनि सहभागी थियो ।  सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । अहिले संसार भर रहेका नेपाली महिलाहरुले तीजलाई विशेष कार्यक्रमको आयोजना गर्दै भव्य तरिका मनाउदै आइरहेका छन् । त्यसैगरी उता  कोलोराडोमा Mairik Adults Day Care ले समेत आज तीज विशेष  कार्यक्रम आयोजना गरेको छ  ।  संस्थाकै सभाहलमा आयोजित कार्यक्रममा  करिब ४ सय जना मानिसहरु सहभागी भएका थिए  ।  कार्यक्रममा भजन कृतन अनि तीजको विभिन्न गीत विभिन्न समूहका महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget