Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले क्षेत्रिय छलफल गोष्ठी कार्यक्रम सुक्रवार

Displaying 22.JPG
भाद्र १८ सुप्रिया राई
इटहरी÷पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले क्षेत्रिय छलफल गोष्ठी कार्यक्रम सुक्रवार गरेको छ । पुर्व क्षेत्रका प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक केशरीराज घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रममा  पुर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ प्रमुख अतिथि रहनु भएको  थियो । पुर्व क्षेत्रमा सडक दुर्घटनामा परि एक वर्षको अवधिमा ४ सय ४६ जनाको ज्यान गएको छ ।सवारी दुर्घटना न्युनिकरणका उपाय तथा आगामी कार्यदिशा तय गर्ने क्षेत्रीय गोष्ठिमा प्रहरी उपरीक्षक पवनकुमार गिरिले पहाडि क्षेत्रको बाटोको जर्जर अवस्था नै दुर्घटनाको मुख्य कारक रहेको वताएका छन् । पुर्वका १ सय २० स्थान दुर्घनाका जोखिमपुर्ण स्थान रहेका मध्ये सुनसरीमा अधिक जोखिम क्षेत्र रहेको समेत गिरीले जानकारी दिए । ट्राफिक निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठले मुलुकमा सडकको दुर्घटनाका कारण भयावह स्थित आइरहेको भन्दै यसलाई न्युकिरण गर्न सरोकरवालासँग साक्षातकार गरेर नयाँ कार्ययोजना बनाइने जानकारी दिए । पाँच विकास क्षेत्रमा हुने यस किसिमको क्षेत्रीय स्तरको गोष्ठि मध्य र सुदुर पश्चिममा सम्पन्न भइसकेको छ भने पोखरा र नेपालगञ्जमा भदौ २३, २४ गते सम्पन्न हुँदैछ । श्रेष्ठका अनुसार देशै भरिबाट आएका सुझावलाई कार्ययोजनामा समावेश गरि दुर्घटना न्युनिकरण गर्न मदत मिल्नेछ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget