Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आपुर्तीमन्त्रीद्धारा पत्रकार सम्मानित



 काठमाडौं, २८ भदौं । पत्रकारिताको माध्यमबाट आम उपभोक्ताको स्वास्थ्य तथा अधिकारको विषयमा लामो समयदेखि सक्रिय रुपमा कलम चलाएर उल्लेखनीय योगदान पु¥र्याए वापत राष्ट्रिय उपभोक्ता मञ्चले मंगलबार वरिष्ठ टेलिभिजन पत्रकार जितेन्द्र श्रेष्ठ रसिक र अन्नपूर्ण पोष्ट दैनिकका उपसम्पादक राजेश बर्मालाई सम्मान गरेको छ ।
          राजधानीमा आयोजित मञ्चको वार्षिकोत्सवको अवसरमा आपूर्ति मन्त्री दिपक बोहोराले सगरमाथा टेलिभिजनमा कार्यरत जितेन्द्र रसिक श्रेष्ठलाई सम्मान पत्रद्वारा सम्मानित गरेका हुन् । श्रेष्ठसँगै अन्नपूर्ण पोष्टका पत्रकार राजेश बर्मा, नियामक निकायतर्फ गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइराला र तनहुँका प्रमुख जिल्ला अधिकारी दिपक सुवेदी,सम्मानित गरेको छ ।
    त्यस्तै व्यवसायिक प्रतिष्ठानतर्फ सुमित केडिया र दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिम्लिसिनालाई पनि सम्मान पत्र प्रदान गरिएको छ । यसैगरी मञ्चले सुनसरी र मकवानपुर शाखालाई पनि सम्मान गरेको छ  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget