दीपेन्द्र फिल्म ‘घामपानी’ मार्फत निर्देशनमा ghampani
काठमाडौं, १९ भदौं । रंग पत्रकारहरु धमाधम भिडियो तथा फिल्म निर्देशनमा आउन थालेका छन् । यस्तै, फिल्म समीक्षक तथा पत्रकार दीपेन्द्र लामा पनि चलचित्र निर्देशनमा आउने भएका छन् । लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका दीपेन्द्रले फिल्म ‘घामपानी’ मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । उक्त फिल्मको बुधबार अनामनगरस्थित मण्डला थियटरमा औपचारिक घोषणा गरिएको छ ।
आफ्नो डेब्यु फिल्मको घोषणा कार्यक्रममा दीपेन्द्रले पत्रकारिता र फिल्म उस्तै माध्यम भएको बताउँदै फिल्म निर्देशनमा इमान्दार रहने प्रतिवद्धता जनाए । उनले भने, ‘पत्रकारिता र फिल्म दुवै मास मिडिया हुन् । दुवैमा कथा भन्ने हो । दुवैको उद्देश्य जनतालाई सचेत बनाउने हो ।’ उनले २०६३ सालदेखि नै फिल्म निर्देशन गर्ने सोच बनाएको पनि सुनाएका थिए । तर, त्यतिबेला आफू परिपक्व र तयार नभएको महसुस गरेपछि केही वर्षका लागि निर्देशन गर्ने सोच थाँती राखेको उनले बताए ।’
फिल्ममा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, बुद्धि तामाङ, अरुणा कार्की, केशव राई, मणिराम पोखरेल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, सम्रान्त थापा, प्रेमवर्षा खड्कालगायतले अभिनय गर्नेछन् ।
केकीले फिल्मप्रति आफू एकदमै विश्वस्त र उत्साहित रहेको बताउँदै भनिन्, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो .फिल्ममा अन्तरजातीय प्रेमकथा रहने दीपेन्द्रले सुनाए । उनका अनुसार फिल्म ‘घामपानी’ मा तामाङ युवा र ब्राह्मण युवतीको प्रेमथा रहनेछ । यस फिल्ममा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको संयुक्त लगानी रहने भएको छ । यस फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन, कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत तथा फूलकुमार बम्जनको गीत रहनेछ ।
माध्यम भएको बताउँदै फिल्म निर्देशनमा इमान्दार रहने प्रतिवद्धता जनाए । उनले भने, ‘पत्रकारिता र फिल्म दुवै मास मिडिया हुन् । दुवैमा कथा भन्ने हो । दुवैको उद्देश्य जनतालाई सचेत बनाउने हो ।’ उनले २०६३ सालदेखि नै फिल्म निर्देशन गर्ने सोच बनाएको पनि सुनाएका थिए । तर, त्यतिबेला आफू परिपक्व र तयार नभएको महसुस गरेपछि केही वर्षका लागि निर्देशन गर्ने सोच थाँती राखेको उनले बताए ।’
फिल्ममा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, बुद्धि तामाङ, अरुणा कार्की, केशव राई, मणिराम पोखरेल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, सम्रान्त थापा, प्रेमवर्षा खड्कालगायतले अभिनय गर्नेछन् ।
केकीले फिल्मप्रति आफू एकदमै विश्वस्त र उत्साहित रहेको बताउँदै भनिन्, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो ।’
फिल्ममा अन्तरजातीय प्रेमकथा रहने दीपेन्द्रले सुनाए । उनका अनुसार फिल्म ‘घामपानी’ मा तामाङ युवा र ब्राह्मण युवतीको प्रेमथा रहनेछ । यस फिल्ममा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको संयुक्त लगानी रहने भएको छ । यस फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन, कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत तथा फूलकुमार बम्जनको गीत रहनेछ ।