विराटनगर १५ अशोज । वरिष्ठ आख्यानकार परशु प्रधानको "छिडिभरिको आकाश" कथाको नाट्य रुपान्तरण भई आरोहन गुरुकुलको हाटखोला स्थिति सुशिला कोईराला नाट्यघरमा मञ्चन सुरु भएको छ ।
युवा साहित्यकार कट्वाल दिपकले नाट्य रुपान्तरण गरेको उक्त नाटक विहिवार देखि मञ्चन सुरु भएको हो । नाटकको आयोजकका रुपमा विराट आदर्श साहित्यीक मञ्च रहेको छ ।
हरेक दिन विहान ११ बजे र साँझ ५ बजे गरि दुई समयमा नाटक "छिडिभरिको आकाश" मञ्चन हुने आयोजक संस्थाका आलोक लुईटेलले जानकारी दिनुभयो ।
नाटकमा आलोक लुईटेल, नर्वदा निरौला , नगेन्द्र खडेका ,विनोद तामाङ, सरोज श्रेष्ठ, नवराज गिरी , सन्देश वाराकोटी , बशन्त कार्की , विमला कार्की , सविना भट्टराई , अञ्जली श्रेष्ठ लगायतका नव आगन्तुक कलाकारहरुले अभिनय गरेका छन् । नाटक शनिवार सम्म मञ्चन हुनेछ ।