काठमान्डौ ३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहलले आज व्यवस्थापिका संसदमा आज सम्बोधन गर्नुहुने भएको छ ।
भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधनलगायत समसामायिक विषयमा संसदमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्रीले संस्दमा सम्बोधन गर्न लाग्नुभएको हो ।
आज दिउसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री दाहालले नियमित कार्यसूचिभन्दा पहिले नै सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री दाहालको यसअघि भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै जवाफ माग्नुभएको थियो । यस्तै अन्य प्रतिपक्ष दलहरुले पनि सहमतिका विषयमा असहमति प्रकट गर्दै जवाफ माग गरेका थिए ।
यसअघि हिजोको संसद बैठकमा प्रधानमन्त्रीको अघिल्लो भारत भ्रमण र हालै सम्पन्न भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलन लगायतका विषयमा सांसदहरुले जवाफ माग गरेका थिए ।