Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङ कांग्रेसले गर्यो समिती विस्तार


विराटनगर ५ कार्तीक । नेपाली कांग्रेस मोरङले आफ्नो कार्यसमिती विस्तार गरेको छ । आज पार्टी कार्यलयमा बसेको बैठकमा क्षेत्र नं ३ डाँगीहाटबाट मान बहादुर लिम्बु ,क्षेत्र नं १ बाट विशालकुमार गौतम , क्षेत्र नं ६ बाट राजु मास्के , दादरबरियाती बाट सद्धेलाल राजबंसी, अर्जुन घिमिरे हसन्दह क्षेत्र नं २ बाट जिल्ला सदस्यमा मनोनित भएका हुन ।
सभापति डिगबहादुर लिम्बुले जिल्ला सदस्यका लागि ल्याएको ५ जनाको नामलाई बहुमतले पारित गरेको छ  । १८ जना जिल्ला सदस्य मनोनित गर्नुपर्नेमा हाल ५ जनाको गरेको र अब चाडैनै अरु बाकी १३ जना समेत मनोनित गर्ने सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । 
यस्तै शुक्रवारको नियमित बैठकले राज्य पूर्नसंरचनाको खाका तयार पार्नका लागि गाँउ गाउका जनताको राय ,सुझाव लिनका लागि ९ सदस्य समिती बनाएको छ । जिल्ला उपसभापती शिवनारायण सिंहको संयोजकत्वमा उक्त समिती गठन भएको हो । समितीको सदस्यमा जिल्ला सदस्यहरु दिलबहादुर खड्का , स्वयोर्माराज राई ,सुमनसरी राजबंसी ,सुनकुमारी कार्की , महासमिती सदस्य विश्वनाथ रिजाल , क्षेत्रिय समभापती निरञ्जन रिजाल(७),  देवराज तामाङ(८) , खड्ग फागो(९)को समिती बनाएको घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै शुक्रवारको बैठकले मोरङ जिल्ला भरीको सवै पार्टीगत संरचनाहरुमा पुर्णता दिएर जिल्लामा पेश गर्नुपर्ने निर्णय समेत गरेको छ । वडा समिती , गाँउ समिती , नगर समिती र क्षेत्रिय समितीलाई पुर्णता दिएर जिल्ला समितमा चाडै पेश गर्नुपर्ने निर्णय गरेको हो ।
कांग्रेस मोरङले जिल्ला समिती अन्तर्गतका विभिन्न संगठनहरु पनि अब चाडै बनाउने सचिव  घिमिरेले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget