Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

च्यालेन्ज कप सहयोगर्था अमेरिकाको टेनेसीमा देउसी-भैलो कार्यक्रम !

भूटानी शरणार्थी शिविर बेलडागीमा यहि डिसेम्बर १० तरिकबाट फ्यानस क्लब वि.आर.सी भूटानले अन्तर्राष्ट्रिय आमन्त्रण रीफुजी च्यालेन्ज कप २०१६ आयोजना गर्न  लागेको छ । 'विश्व भरी छरिएर बसेका भूटानीको आवाजलाई कायम राखौ !' इतिहास र पहिचानको निमित्त गौरवमय इतिहास कायम गरौ ! भन्ने मूल नाराको साथ आयोजना हुन लागेको च्यालेन्ज कपमा चार राष्ट्रबाट आठ टिमको सहभागी हुनेछ । आयोजकले आयोजना गर्न लागेको च्यालेन्ज कपलाई भब्य रुपमा सफल बनाउनको लागि  तेस्रो मुलुकमा पुनर्वास भएका भूटानीहरुमा सहयोगको आर्थिक आग्रह गरेको छ । विभिन्न संघ संस्थाले सहयोग गरिरहेको छ अहिले आयोजकलाई । भूटानी शरणार्थी इतिहासमै पहिलो चोटी आयोजना हुन लागेको सो प्रतियोगिताको सह-आयोजकको रुपमा भूट्निस अमेरिकन स्पोर्ट काउसिल पनि रहेको छ । सहयोगी हातहरु जोट्दै गरेको आयोजकले मैदान पुर्ण रुपमा तयार गरिरहेका छ ।  सहयोगी हातहरु जुटिरहेको अवस्थामा अमेरिकाको टेनेसीमा रहेको फुटबल समूहले शुभ-दिपावलीमा देउसी-भैलो कार्यक्रम आयोजना गरेर सो च्यालेन्ज कपलाई आर्थिक सहयोग गर्ने योजनामा रहेको छ जितु बस्नेतले बताएका छ । झापा रा मोरंगमा रहेका भूटानी शरणार्थीहरुको संयुक्त आयोजना भएता पनि फ्यानस क्लबले यस प्रतियोगिताको मुख्या आयोजकको जिम्मा लिएको छ । आयोजक समितिले विशेषगरि तेस्रो मुलुकमा रहेका भूटानी अनि स्थानिय व्यापारीहरुसंग प्रतियोगिताको प्रयोजान गर्नको लागि सहयोगको अपेक्ष राखिरहेको आयोजक समितिले बताएका छ । सहयोग गर्न चाहनु हुनेहरुले (+९७७ -९८१६०६९२७८) र (+९७७ -९८१७९७२७७७)  fansclubbrc2010@gmail.com मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget