
कार्तिक ४ सुप्रिया राई
इटहरी इलाका प्रहरी कार्यालय इटहरीले मोटरसाईकल चोरी गरेर लैजादै गरेको अवस्थामा बिहिबार प्रक्राउ गरेको छ । पक्राउ परेका भारतका १७ बर्षीय दीपक साह, संखुवासभा चैनपुरको दोर्जी शेर्पा र इटहरीका हरिनन्दन मेहतालाई चोरी अपराध अन्तर्गत कार्वाही अघि बढाईएको छ । एक हप्ताको अवधिमा सडक चेकजाँचका क्रममा ७ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा आएको र त्यसमध्ये स ६ प २६११ नम्वरको डिसकभर मोटरसाईकल विराटनगर १ निवासी नारायणप्रसाद आचार्यको भएको दावी आएपछि कागजातका आधारमा उक्त मोटरसकाईकल आचार्यलाई बुझाईएको पनि प्रहरीले जानकारी दिएको छ ।त्यस्तै अन्य ६ जनालाई भने इटहरीको विभिन्न सार्वजनिक स्थानमा पार्किङ्ग गरी राखिएका मोटरसाईकल चोरीको अभ्यास गर्दै गर्दा पक्राउ गरिएकाले उनीहरुलाई भने सार्वजनिक अपराध ऐन अत्र्गत कार्वाही अघि बढाएको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।