राजनीतिक दलद्धारा स्वागत
विराटनगर ३० असोज । विराटनगर उपमहानगरपालिकाले घर जग्गामा वृद्धि गरेको करको दायरा घटाएको छ । नगरबासी र राजनीतिक दलहरुबाट कर वृद्धिको व्यापक विरोध भएपछि नगरपालिकाले करको दर घटाएको हो । निर्णय अनुसार बढेको कर घटाएर अघिल्लो आर्थिक बर्षमा तिरेको करमा १० प्रतिसत नबढने गरि मात्र वृद्धि गरिएको छ ।
विराटनगर उपमहानगरपालिका वितिय व्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले करको दर घटेको जानकारी दिए । यही असोज ११ गतेको बिशेष नगरपरिषदको निर्णय अनुसार विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले घर जग्गाको कर घटाएका हुन । चालु आर्थिक बर्षको साउन १ गतेदेखी घरजग्गा करमा वृद्धि गरिएको थियो । हालैको निर्णय अनुसार चालु आर्थिक बर्षमा बढेको कर तिरिसकेका करदाताहरुलाई आगामी बर्षमा कर समायोजन गरिने छ । यो निर्णय पछि कम्तिमा ५ सय घरजग्गा कर तिरिरहेका करदाताले अव ५ सय ५० मात्र तिर्नु पर्नेछ । अव ठूला तथा साना करदाताले अघिल्लो आर्थिक बर्षमा तिरेको करको १० प्रतिसत मात्र बढी कर तिरे पुग्ने छ ।
घर जग्गाका वृद्धि गरिएको कर घटाएपछि राजनीतिक दलका स्थानीय नेताहरुले त्यसको स्वागत गरेका छन । नेपाली काग्रेस विराटनगर नगर समितिका सभापति भिम पराजुलीले वृद्धि गरिएको घर जग्गा करको मूल्य घटाउनु स्वागत योग्य भएको बताए । दलहरुको आह्वान गरेको सवै प्रकारका विरोधका कार्यक्रम पनि स्थगित भएको उनले जानकारी दिए । कार्यकारी अधिकृत गोपाल रेग्मीले सरुवा भई जाँदा जाँदै राम्रो काम गर्नु भयो म उहाँलाई धन्यवाद दिन्छु सभापति पराजुलीले भने यो राजनीतिक दलहरुको पनि विजय हो । राजनीति दल र विराटनगर उपमहानगरपालिका विच यही भदौमा भएको सहमतिमा १५प्रतिसत नबढने गरि कर बढाउन सिफारिस गरेका थिए । उत्ता घर जग्गा करको मूल्य अच्चकाली वृद्धि भएपछि राजनीतक दलहरुले विरोध जनाउदै आन्दोलनको घोषणा समेत गरेका थिए । कर वृद्धि गरेर मध्य वर्गिय र निम्न आय स्तर भएका नगरबासीलाई ढाँड सेक्ने काम गरेको नेपाली काग्रेस , एमाले , एमाओवा दी केन्द्र लगायत नौ राजनीतिक दलहरुको आरोप थियो । आन्दोलनको पहिलो चरणको कार्यक्रम अनुसार कार्यकारी अधिकृत रेग्मीलाई ज्ञापन पत्र बुझाएर ध्यान आर्कषण गराएका थिए ।
संयुक्त टोल नगर सम्वन्य समितिले पनि घर जग्गा करमा गरेको मूल्य वृद्धिको विरोध गरेको थियो । उपमहानगरपालिकाले साविक मूल्यमा चार गुणाले घर जग्गाको कर बढाउदा दश धुर जग्गामा एक तल्ले पिलर हालेको १ हजार स्किवार फिट घरको बढीमा ४ सय रुपैया सम्म कर तिरेका नगरबासीले २ हजार सम्म कर तिर्नुपर्ने बाध्यता थियो । घरको मूल्याङकन गर्दा सुरुको अंक ६३५ ले गणना गरि० दशमलव ५ प्रतिसतले गुणा गरिन्थयो अहिले सुरुकै अंक बढाएर १५ सय पुर्याएको छ र १५ सयलाई १ प्रतिसतले गुणा गरेर दस्तुर लिईरहेको थियो । ठूला करदाताको हकमा भने १ दशमलव ५ प्रतिसतलाई घटाएर ० दशमलव ४ प्रतिसतमा झारेको थियो ।