Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

'सत्य बोल्द संसार शत्रु बन्छ भने बनोस्, मर्दा मलामी चाइदैन मलाई' :- साहित्यकार राकेश काफ्ले

आगोपाटी समाचारदाता, अमेरिका
बाबा गोपाल काफ्ले अनि आमा चन्द्रवती काफ्लेको कोखबाट भूटानको थिम्पुमा जन्मेका राकेश काफ्ले अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्यमा चम्किलो तारा झैँ उदाएका छन्  । हाल अमेरिकाको आइओवामा रहेका काफ्लेले स्नातकसम्मको शिक्षा  हासिल गरेका छन् । साहित्य लेखन सन १९९५बाट प्रारम्भ गरेका काफ्लेले  कविता, गीत, गजल, रूबाई, नाटकमा विशेष रुचि राख्छन । अन्तर्राष्ट्रिय भूटानी सिर्जनशील मञ्चका संस्थापक अध्यक्ष समेत रहेका काफ्लेले विगत ४ वर्षदेखि निरन्तर प्रासारण हुदै आएको नेपाली भाषी भूटानीको कला गला अनि साहित्य  प्रस्तुतीलाई पस्किन्दै आएको कार्यक्रम भुटानी ढुकढुकीमा निस्वार्थ रुपमा कार्यक्रम निर्देशक/सञ्चालकको रुपमा काम गर्दै आएका छन् । काफ्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशन गरेको अनेसास दर्पण त्रैमासिक साहित्यिक अन्लाइन पत्रिकाको  सम्पादन टिममा सहभागी भएका थिए । काफ्लेको तुलसी मञ्जरी प्रीति भाग ...२ ले काफ्लेलाई डायस्पोरामा उदाउँन धेरै साथ दिएको थियो  । काफ्लेका एकल शब्दहरू र विभिन्न छुट्टा छुट्टै भावमा संग्रहित "तुलसी मञ्जरी" गीत तथा गजलहरूको संगालो एल्बम हो  । उक्त संकलनमा दुई श्रृंगारिक गजलहरू र पाँच समसामयिक आधुनिक गीतहरू रहेको एल्बमकी प्रमुख प्रकाशक तुलसा रेग्मीले बताउनु भयो ।  "नआउ भो सताउन" र "पक्कै अब तिमीले" नामका गजलहरूमा संगीतकार राजु कार्कीको एकल संगीत रहेको छ भने  "त्यो नजरको तीर लाग्दा बबाल बबाल भो" नामक गीतको साधना संगीतकार बसन्त सापकोटाले गरेका छन ।  "सोह्र पुगी सत्र टेक्छु अब आउने सालमा" र "परे मायाको जालैमा..kiss me baby गालैमा"  नामका दुबै गीतहरूमा संगीतकार उमेश सुब्बाको साँगीतिक साधना रहेको गीतकार  काफ्लेले बताए । "तोडेर नाता जाँदैछु प्रिये,तिम्रो नजरबाट" नामको गीतलाई संगीतकार फुर्ब घिसिङले संगीत भरेका हुन भने  "छाडी हिड्यौ मोडी पाईला जन्मेको सुन्दर देश" नामक राष्ट्रवादी गीतलाई संगीतकार द्वय मनोज ढकाल र कृष्ण ढकालले संगीत गरेका हुन जनाइएको छ ।  १६/१७ उमेरका केटीहरूको चञ्चले मनोभावलाई चित्रण गरिएको "सोह्र पुगी सत्र टेक्छु अब आउने सालमा" बोलको गीतमा पोखरा नेपालीकी चर्चित युवा गायिका तथा सिडिएम म्युजिक क्रियसनकी प्रमुख मनिसा राईको आवाज रहेको छ भने बाँकी छ वाटै गीतहरूमा पोखराकै ख्यातिप्रप्त युवा गायक सिडि विजय अधिकारीका आवाजहरू रहेका जनाइएको छ । कला क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित काफ्ले पुनरबास कार्यक्रमपछि बहुप्रतिभावान स्थापित भएका छन त्यसो त क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भूटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन । काफ्लेको एकल शब्दमा  सझिएको प्रयास अनि प्रतिक्ष एल्बमले झनै काफ्लेको उचाइ बढाएको थियो । उनले अहिलेसम्म ३ वोटा एल्बमको लागि गीत लेखिसकेका छन् । उनको जम्मा ३५ वोटा गीता रेकोर्ड भैसकेका छन् । उनकै नेतृत्वमा नेपाली भाषी भूटानीहरूको संयुक्त गजल सहग्रह दबाइएका आवाजहरू कृती पनि प्रकाशन भएको थियो । जुन कृतीमा पुर्नवास भएका नेपालीभाषी  ८० गजलकारका ४०० गजलहरू समावेश गरिएको छ । उनको निश्चल नामक एल्बम र रूबाई सहग्रह परिवेश रोएको बेला बजारमा आउने तयारीमा रहेको छ । नेपालीभाषी भूटानीहरुको पहिलो एल्बम संयुक्त गजल सहग्रह जोडेर सम्झनाहरुको सुरुदेखि अन्त्यसम्म आफ्नो ५० % लगानी गरेर आफ्नै नेतृत्वमा  प्रकाशन गरेका थिए ।  यति धेरै बहुप्रतिभाका धनी काफ्लेलाई भने मानिसहरु त्यती रुचाउदैनन । मान्छेहरुले त्यती तपाईलाई रुचौदैनन नि किन ? भन्ने प्रश्नमा काफ्लेले भने,'मेरो कड़ा स्वाभावले हो । कालोलाई कालो अनि सेतोलाई सेतो नै भन्छु म । चाहे मर्दा मलामी नरहे नरहनु ! सत्य बोल्द संसार शत्रु बन्छ भने बनोस्, मर्दा मलामी चाइदैन मलाई !'






Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget