Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भोलीदेखी पूर्वाञ्चल नाट्य यात्रा–२०७३ सुरु हुने


सुप्रिया राई
इटहरी, २ कार्तिक । इटहरीको कलालयमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी मण्डला थिएटर काठमाण्डौले पूर्वको सुनसरी मोरङ्ग र झापाका स्थानीय कलासँग सम्वन्धि संस्थाहरुसँगको सहकार्यमा भोलिदेखि पूर्वाञ्चल नाट्य यात्रा–२०७३ प्रस्तुत गर्ने   सार्वजनिकि गरेको छ ।

पत्रकार सम्मेलनमा यस विषयमा जानकारी दिनुहुँदै सोमनाथ खनालले राजधानी काठमाण्डौमामात्र नाट्य कलाहरु केन्द्रित भई रहेकाले त्यो घेरालाई छिचोल्दै राजधानी बाहिरका प्रमुख शहरहरुमा पनि नाट्य विधाको महत्व छ भन्ने सन्देश प्रवाह गर्नका लागि मण्डला थिएटरले यो जमर्को गरेको बताउनुभयो । दोस्रो चरणमा सशुल्क प्रर्दशन गरिने डिग्री काईलो नामक नाटक कार्तिक ९ गते दमकमा मञ्चन भई १० गते बेलबारी ११ गते इटहरी १२ गते विराटनगर र १३ गते धरानमा प्रदर्शन गरेर यो बर्षको पूर्वाञ्चल नाट्य यात्रा सम्पन्न गरिने भएको छ ।

मण्डला थिएटरसँगको सहकार्यमा लेट्स इन्टरटेनमेण्टका्े प्रस्तुती नारा दिईएको पूर्वाञ्चल नाट् यात्रामा चर्चित २२ जना कलाकारहरुको जोड्दार प्रस्तुती रहने निर्देशक विकास बुढाथोकीले जानकारी दिनु भएको छ । कार्तिक ३ गते धरानबाट शुरु भएर कार्तिक ६ गते दमकमा गएर सम्पन्न हुने पहिलो चरणको मनचिन्ते फिरन्ते भने खुला प्रदर्शन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget