सुनसरी , ३ कार्तीक। नेपाली कांग्रेस रामधुनी भासी नगर समितिले दशैं, तिहार, छठ, ईद–बकरिद र नेपाल सम्वत् पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
प्रमुख अतिथिका रुपमा आएका कांग्रेस केन्द्रिय सदस्य एवम् सांसद तथा पूर्व जलश्रोत मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो अवसरमा बोल्दै जनआन्दोलनवाट प्राप्त उपलब्धिहरुलाई संविधानमा लिपिवद्ध गरिएतापनि संस्थागत गर्न संविधान कार्यान्वयन हुनुपर्ने र सोको लागि तीन वटै निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए । निर्वाचन गर्न संविधान संशोधन गर्नैपर्ने भएकाले सबै राजनीतिक दलहरु वीच सहमति, सहकार्य र एकता जरुरी रहेको उनले बताए ।
कार्यक्रममा जिल्ला सभापति राजिव कोइराला, सांसद सिताराम मेहता, पूर्व जिल्ला सभापति रामबहादुर बस्नेत, जिल्ला सचिव केदार भण्डारी, जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला कोषाध्यक्ष पंकज महतो, क्षेत्रीय सभापतिहरु रामप्रसाद मेहता, अयुव अन्सारी, उपेन्द्र कटवाल, इटहरी नगर सभापति हेमकर्ण पौडेल, इनरुवा नगर सभापति राजन मेहता, महासमिति सदस्यहरु राजिव ढुंगाना, सदस्य डिल्ली कार्की, बद्री नारायण चौधरी, उमेश थापा, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष विकास के.सी., सहमहामन्त्री कृष्ण कार्की, नेपाल महिला संघ सुनसरी सभापति विजया कटवाल, नेपाल किसान संघ सुनसरी सभापति केशव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नपेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल लगायतका विभिन्न दल परित्याग गरी गणेश चौधरी, सुरेश माझी, लोकबहादुर माझी, मिनामाया माझी, सवित्रा विश्वकर्मा, रमेश उरांव, परमेश्वर माझी, माला उरांव, उर्मिला उरांव, लक्ष्मी गुरागाई, खगेन्द्र सुवेदी, ज्ञान बहादुर विष्ट, रामभगत सदा, टेक वहादुृर खड्का, आशा परियार, सुख चौधरी, हिरन बराल, सुमन केसी, उत्तम नेपाली, चन्द्र बहादुर खत्री, चेत नारायण चौधरी, पुसिलाल चौधरी, मुसही चौधरी, अरेन्ज चौधरी, रतनलाल चौधरी, चन्देश्वर चौधरी, नारायण चौधरी, खम्बासिंह भुजेल, पुर्णवहादुर तामाङ, तारा ढु्रगाना, शिवमाया दाहाल, निसा पोख्रेल, अप्सरा काफ्ले, सुवास पोखरेल र अनिसा पौडेल नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि कार्की, जिल्ला सभापति कोइराला र सांसद मेहताले अविर तथा खदा लगाई प्रवेश गराएका थिए ।