
नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेले आफ्नो एकल शब्द/रचना रहेको "निश्चल" प्रीति भाग:३ एल्वम लिएर बजारमा आउने तयारीमा छन् । पहिलादेखि नै सोचेको कार्य अहिले आएर साथर्क हुदै गरेको काफ्लेको एल्बममा ११ वटा गीत/गजलहरू समाबेश गरिएको छ । यस एल्वमलाई सीडिएम म्युजिक क्रेशनले बजारमा ल्याउन लागेको हो। हालसम्म सबै गीतका संगीतकारहरूको टुंगो नलागे पनि सो गीतहरुमा कसको आवाज रहने भन्ने कुराको लगभग टुंगो लागेको छ । गीतकार काफ्लेको अनुसार गायकहरु राजेश पाइल राई, स्वरूपराज आचार्य, सि.डि बिजय अधिकारी, रमेश कडेल, सत्य राज आचार्य, कर्म ग्यालचेन बमजन र भरत तामाङ्ग अनि गायिकाहरू आनी छोइंग डोल्मा, मिलिना राई, जुनु रिजाल र मनिशा राई रहेका छन् । नेपाली भाषी भूटानी साहित्य क्षेत्रमा चम्किला तारा झैँ चम्केका काफ्लेले गीत संगीतमा पनि यस भन्दा अघि धेरै गीत सिर्जना गरेर योगदान दिएका छन् । पाथिभरा ज्यलर्स, जोएल ज्यलर्स, ब्रोदर मार्ट अनि असियन फोट मार्केटले काफ्लेलाई एल्बम प्रकाशन गर्नको निमित्त सहयोग गरेका छन् । काफ्लेले खुसी हुँदै संचारकर्मीहरु सामु हाम्रो कुरा यसरी राखे,' नेपाली भाषी भूटानीहरुको गायन या सांगीतिक क्षेत्रमा एकदम नौलो एल्बमको रुपमा मैले एल्बम निकाल्न खोजिरहेको छु अनि मेरो बच्चादेखिको सपना पुरा हुँदैछ ।'