असत्यमाथि सत्यको विजय भएको उत्सवमा मनाइने यो पर्वले सबैलाई उत्साहित बनाएको छ । दशैंले एकता र सद्भाव, सामाजिक, सांस्कृतिक मूल्य–मान्यता अनि आफ्नै मौलिक पहिचान बोकेको छ ।
दशैंमा ठूलाबडाबाट आशीर्वाद लिइन्छ । आफन्तजनसँग भेटघाट हुने, पुग्नेसम्मको मीठोमसिनो खाने दशैँमा शुभकामना आदानप्रदान गर्ने पनि गरिन्छ । दशैंमा केटाकेटी, युवायुवतीदेखि वृद्धावृद्धसम्म रमाउँछन् ।
तर, विगत केहि बर्ष देखि दशैँको रमझममा कमि आएको छ । अधिल्लो वर्षको दशै नाकावन्दीको मारमा प्राय खुल्ला आकाशमुनि जसो तसो गयो भनौ या पिडा दाया भुकम्पले हामीमध्ये कैयौँ घरबास गुमायौँ, कतिले आफन्त गुमायौँ । त्यस्तै, हाम्रा ऐतिहासिक सांस्कृतिक धरोहरलाई पनि भूकम्पले ढलायो । फेरि पनि हामी शोकलाई शक्तिमा बदलेर उठ्ने कोशिसमा रहेउँ । भूकम्पको चोटमा मलम लगाउँदै, फाटेका मनलाई सिलाउँदै अघि बढ्न कति पनि पछि परेनौँ हामी । अहीले परिस्थिती केही सहज भए पनि पिडा कम छैन सरकारले दीने अनुदान घोषणा गरेको यतिको समय बितिसक्दा पनि न्युन व्यक्तीले पाए होला अधिकाश खुल्ला आकाशमुनी नै छन न्युन मात्रामा घर बनेको छ राहात रकम पाएको छैन पिडा उस्तै छ ।
बिगतमा हामी राजनीतिक अस्थिरताका कारण पनि निराश थियौँ । तर, यो निराशाको बादल हट्दै हामीले सुखको अनुभूति गर्न १ बर्ष आगाडि मात्रै हामी नेपालीको ६४ वर्षदेखिको सपना पूरा भएको छ कि हामीले संविधानसभाबाट नयाँ संविधान पाएका छौँ । तर, मस्यौदा संविधान आएदेखि नै तराई आन्दोलनमा छ । यो समस्या समाधान गरि १ बर्ष सम्म पनि संविधान कार्यान्वायन गर्न नसक्दा झन स्थिति गम्भीर भएको छ । सरकार परिवर्तनको खेलले आशालाई निराशामा परिणत गर्दै जनतामा अन्यौल शिर्जना गरेको छ ।
हामीले संविधान बनाएको हाम्रो छिमेकी राष्ट्रले मन पराएन । जनताले चुनेर संविधानसभामा पठाएका जनप्रतिनिधिको ९० प्रतिशतभन्दा बढीको मतले संविधान जारी भएको थियो । तर, यो कुरा हाम्रो छिमेकीलाई मन परिरहेको छैन । उसले एउटा स्वाधीनता र स्वतन्त्र मुलुकमाथि हस्तक्षेप गरिरहेको छ । हुन त नयाँ संविधानप्रति सबै सन्तुष्ट रहेको अवस्था छैन । मस्यौदा संविधानदेखि नै तराईलगायत क्षेत्र आन्दोलनमा थिए । उनीहरुका खास माग थिए । देशको मूल कानुन बन्दा सबै जनताले आफ्नो स्वामित्व खोज्नु स्वाभाविकै हो । यो देशभित्रको भाइभाइबीचको कुरा हो । । भारतले यसरी हस्तक्षेप गर्नु गलत हो नै । ऊ अनेक बहानामा नाकाबन्दीसम्मको अवस्थासम्म ओर्लिएको थियो ।
यसपाली नाकाबन्दी र भूकम्पको पिडा नभएपनि महंगि र कालोबजारिले चरमसिमा पार गरेको छ । सरकार मौन छ । गरिब जनताहरू आकुल ब्याकुल छन , जताततै पिल्सिन अनि सोसित हुन बाध्य छन नेपाली जनताहरू । सम्बन्धित निकाय मौन छ , वा आझ भनौ ब्यापारिको मनोमानी देख्दा यसलाई नियन्त्रण गर्ने कुनै निकाय नै छैन झै भान हुन्छ बजार पुग्दा , त्यस्तै गुणस्तर भन्ने त कुनै प्रबाह नै छैन ।
सरकारी घोषणा भाषणमा सिमित छ पिडीतको पिडा उस्तै छ राहात रकम आए घर बनाउँने भन्दा दशै मनाउन आतुर छन पहीलो किस्ता ५० हजार घर बन्ने हैन दशै मन्ने आशचाही नेपालीमा अझै देख्छु म ।
जति दुःखका बीच पनि हामी नेपाली एक ढिक्का भएर हास्नु छ । देशलाई समृद्धितर्फ डोर्याउनु छ ।
छिटै सत्तापक्षले असन्तुष्ट पक्षलाई विश्वासमा लियोस् र बिबिध राष्ट्रीय स्तरको समस्या समाधान गरोस् । कुनै पनि नेपाली आन्दोलनमा जानु नपरोस्, सबै नेपालीको मुहारमा खुसियाली छायोस्, हामीले यसपालि दशैँमा यही प्रार्थना गर्नुपर्छ ।
भारतले अधिल्लो साल गरेको नाकाबन्दीलाई भुल्नु हुदैन । यस बाट नयाँ पाठ सिकेर हामी अगाडि बढ्नुपर्छ । भारतसँग नेपालले कस्तो व्यापारिक सम्झौता गरेको छ ? त्यो प्रस्ट हुनुपर्यो । भारतले हामि माथि गरिरहेको अत्याचार हो भने , सरकार किन मौन छ ? यसतर्फ पनि हामी चेतनशील नागरिकले सोच्नुपर्ने र सरकारलाई झकझकाउनुपर्ने बेला आएको छ । सँगसँगै हामी आत्मनिर्भर हुन पनि सिक्नु र सम्झनुपर्ने भएको छ ।
हामीले राष्ट्रिय उत्पादन बढाउन, राष्ट्रिय उत्पादनको प्रयोग गर्न र विदेशी विलासी सामानको सकेसम्म कम प्रयोग गर्न पनि अभ्यास गर्नुपर्छ । आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।
यसपालिको दशैं हामीले आत्मनिर्भर बन्ने गरेर मनाउनुपर्ने छ । पोहोर साल भूकम्पले ढलाएको खुसीलाई फेरि फुलाउनुछ । लैंगिक, जातीय, क्षेत्रीय विभेदहरु हटाउनु छ । यही प्रणका साथ दशैं मनाऔँ । तडकभडक नगरौँ, दशैँ उल्टो दशा नबनोस् ।
सबै नेपालीलाई शान्तिले काम गरेर खान पाउने वातावरण बनोस् । दलहरु, नेताहरुमा देश र जनताको हितमा काम गर्ने विवेक पलायोस्, न कि सरकार बनाउँने र गिराउने खेलमा सिमित रहवस् । यही छ दशैँको शुभकामना ।