Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राकेश काफ्लेको कबिता

नेपाली भाषी भूटान साहित्यकार राकेश काफ्लेले आफ्नो उपचारको क्रममा लेखेका कबिता
                           कहिल्यै नथाक्ने घाउ
 यो हिँड्ने पाउको पीडा त
के पीडा हो र डाक्टर साब ?
वास्तविक पीडा त छातीमा छ
बढिरहेछ जसको राप दिनदिनै
मेरो खुट्टाको त उपचार हुन्छ
तिमी नै भन्छौ
यो त जाती भैहाल्छ नि !
तर मेरो छातीमा धेरै वर्षदेखि घाउ छ
जाहाँबाट दिन दिनै
दर्दको ज्लामुखी दन्किरहन्छ
न यसको उचारमा कुनै डाक्टर सम्लघ्न छ
न निको हुने अभिलासा नै छ
सत्य हो डाक्टर साब अब
म पाउको पीडादेखि कहिल्यै रूदिन
वेदनामा जस्तोसुकै चट्याङ परे पनि
अब म कहिल्यै डराउदिन
अब म कहिल्यै चिच्याएर कराउँदिन
जसरी सानो खोलो गएर
ठुलो खोलोमा मिसिएर हराउँछ
जसरी सानो माछालाई निलेर
सक्छ ठुलो माछाले
मेरो खुट्टाको पीडा पनि त्यसरी नै
छातीको दर्दमा गएर एकाकार भयो
त्यसैले मेरो खुट्टामा घाउ भए पनि
कुनै पीडा छैन डाक्टर साब
ए डाक्टर साब !
सक्छौ गर यो दन्किँदो छातीको चिरोफार
र लगाऊ मेरो दुखिरहेको पहिचानमा मलम
निकालिदेऊ निरड्गकुशताले गाडेका
सारा यी किला र तिनका अवशेषहरू
हटाइदेऊ विवशता र अकर्मण्यताले
भिराइदिएका विल्ला
र तिनका सबै सबै
विगत वर्तमान र भविष्यहरू पनि
र मात्र तिमीले बनाएको पाउले
छातीभरि स्वभिमान उभिएर संसार हिड्न सक्छ
अनि सिड्गो विश्वले
यो नेपालीभाषी भूटानी हो भनी चिन्ला,
म नेपालीभाषी भूटानी हुँ
गर्वले यति भन्न कहिल्यै चुक्दिन
संसारको जुनै कुनामा गए पनि
हिम्मत छ अब कहिल्यै झुक्दिन
मेरो पनि आफ्नै पहिचान छ दुनिँयामा
अब म खडा शिर गरेर
नेपाली हुँ भन्न कहिल्यै भुल्दिन
हो डाक्टर साब
अब म कहिल्यै चिच्यार कराउँदिन
यी गोडालाई जति चिर्छौ चिर
मरे नि आमा भनेर
म कहिल्यै चिच्याउँदिन
किन कि मेरी आमालाई
मैंले शकुनीको हातमा छाडिसकें
वैरीको सामु कहिल्यै नपर्ने गरी
म टाढिइसकें, हो सयौँ डाँडा काटिसकें
त्यसैले त अब म काल आए पनि
किन आत्तिनु ? भनेँ नि पटक्कै डराउँदिन
तिमी हात कमाउँदै चिर्दै छौ मेरा पाउ
तर घाउले सेक्छ र दुख्दैन मेरो घाउ
तिम्रो विज्ञानलाई न कि तिमीलाई
थाहा छ मेरो वास्तविक घाउ
थाहा पाएर पनि विडम्बना
सक्दैनौ निको पार्न यो छातीको घाउ
सक्छौ भने डाक्टर मेरो छाती चिर्ने
उपाय सिक्न तिमी विज्ञानको सागरमा जाऊ
कृपया कुनै उपाय खोज
अनि चिरफार गर मेरो छातीको घाउ
नत्र साब तिमीले सक्दैनौ
निको पार्न यो मेरो घाउ
तिमी मुस्कुराइरहेछौ
मेरो गोडाको शल्यक्रिया सफल भो भनी
म भने खोजिरहेछु
तिमीले दिएका पाउले
टेक्ने यात्रा कहाँ छ भनी
डाक्टर साब !
म धेरै वर्षदेखि खोजिरहेछु
यी पाउहरूले हाँसेर हिड्ने बाटो
यी पाइतालाहरूले गर्वकासाथ टेक्नलाई
हो डाक्टर साब !
म खोजिरहेछु मेरै देशको माटो।



https://www.youtube.com/watch?feature=youtu.be&v=fafh-lQZQ-s&app=desktop

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget