Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सवारी दुर्घट्नामा नौ घाईते


विराटनगर , १ कार्तिक । झापा र मोरङमा आइतबार भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् ।


झापाको गोलधाप ४ मा मेलाबाट पर्कदै गरेको मे १ त ३३४४ न.को ट्याक्टर अनियन्त्रीत दुर्घटना हुँदा ट्याक्टरमा सवार जलथल ८ का मोरामई टुडु, सोही ठाउँका माइकल माडी, सबिता बेस्रा, मायाँ किस्कु, रन्जू सोरेन र किशान्ति सोरेन घाइते भएका छन्। घाइते सवैको कन्चनजंगा अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको उर्लाबारी १ स्थीत किसान चोकमा आइतबार एम्बुलेन्सले मिनिबसलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । साँझ ५ बजेतिर मे १ च ४३८७ नम्बरको एम्बुलेन्सले बा २ ख ९९५४ नम्बरको मिनिबसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते मध्ये दुई जनाको स्थनिय मेडिकलमा उपचार भइरहेको छ भने एम्बुलेन्समा सवार पाँचथर फिदिम ९ का ३० बर्षिय तिलक तुम्रोकलाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर ल्याइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget