Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भूटानी शरणार्थी शिविरमा चौथो अन्तरास्ट्रिय आमन्त्रण रीफुजी च्यालेन्ज कप २०१६ आयोजना हुने !


आगोपाटी समाचारदाता, झापा
भूटानी शरणार्थी शिविर बेलडागीमा यहि डिसेम्बर १० तरिकबाट अन्तरास्ट्रिय आमन्त्रण रीफुजी च्यालेन्ज कप २०१६ आयोजना हुन लागेको छ । 'विश्व भरी छरिएर बसेका भूटानीको आवाजलाई कायम राखौ !' इतिहास र पहिचानको निमित्त गौरवमय इतिहास कायम गरौ ! भन्ने मूल नाराको साथ आयोजना हुन लागेको च्यालेन्ज कपमा चार राष्ट्रबाट आठ टिमको सहभागी हुनेछ ।  फ्यानस क्लब वि.आर.सी भूटानले आयोजना गर्न लागेको च्यालेन्ज कपलाई भब्य रुपमा सफल बनाउनको लागि  आयोजकले तेस्रो मुलुकमा पुनर्वास भएका भूटानीहरुमा सहयोगको आग्रह गरेको छ । विभिन्न संघ संस्थाले सहयोग गरिरहेको छ अहिले आयोजकलाई । भूटानी शरणार्थी इतिहासमै पहिलो चोटी आयोजना हुन लागेको सो प्रतियोगिताको सह-आयोजकको रुपमा भूट्निस अमेरिकन स्पोर्ट काउसिल पनि रहेको छ । सहयोगी हातहरु जोट्दै गरेको आयोजकले मैदान पुर्ण रुपमा तयार गरिरहेका छ । आयोजक समितिका सक्रिय सदस्यहरु मैदानलाई इतिहासिक मैदान निर्माण गर्नको लागि दिन रात नभनी खटिरहेका छन् । झापा रा मोरंगमा रहेका भूटानी शरणार्थीहरुको संयुक्त आयोजना भएता पनि फ्यानस क्लबले यस प्रतियोगिताको मुख्या आयोजकको जिम्मा लिएको छ । आयोजक समितिले विशेषगरि तेस्रो मुलुकमा रहेका भूटानी अनि स्थानिय व्यापारीहरुसंग प्रतियोगिताको प्रयोजान गर्नको लागि सहयोगको अपेक्ष राखिरहेको आयोजक समितिले बताएका छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget