Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विभिन्न मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ


झापा ७ कार्तिक । विभिन्न मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत झापालाई बुझाएको छ ।
 जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरी जिल्ला अदालत झापालाई बुझाइएको हो । जिल्ला अदालत झापाबाट वन मुद्दामा दुई महिना १२ दिन कैद फैसला, एक लाख ३६ हजार ५ सय जरिवाना तोकिएका भद्रपुर–२ निवासी ३४ बर्षीय दिनेश मगर पक्राउ परेका छन् । त्यस्तै सोही ठाउँका ५५ बर्षीय शक्तिमान मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि वन मुद्दाका फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ । उनलाई अदालतले एक लाख ३६ हजार ५ सय रुपैयाँ जरिवाना र दुई महिना १२ दिन कैद फैसला गरेको थियो ।
त्यस्तै शिवसताक्षी नगरपालिकाका ६३ बर्षीय भीमकुमार मादेनलाई प्रहरीले पक्राउ गरेको छ । उनी जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त हुन् । उनलाई प्रहरीले ८ बर्ष कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै कीर्ते मुद्दामा एक बर्ष कैद सुनाइएका शिवसताक्षी नगरपालिकाकै ४४ बर्षीय सोमनाथ दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बिर्तामोड नगरपालिका–७ निवासी ३२ बर्षीय मोती चौधरी पनि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले वन मुद्दामा ६४ हजार तीन सय ५० रुपैयाँ जरिवाना तोकेको बताइएको छ । पक्राउ परेका चारै जना जेल चलान भएका छन् भने एक जना अदालतले तोकेको जरिवाना तिरेर रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget