विराटनगर ४ कार्तिक । नेपाली कांग्रेस जिल्ला कार्य समितीले मोरङका विभिन्न गाविसमा पुगेर स्थानिय संग छलफल गरेको छ ।
स्थानिय तह निर्माणमा स्थानिय बासीको राय , सल्लाहा र धारणा लिनका लागि गाँउमा पुगेर छलफल गरेको हो मोरङको केरौन र दाखरबरियाती ईकाई समितीको आयोजनामा विहिवार मोरङ जिल्लाका सभापती डिगबहादुर लिम्बु सहितको मोरङ जिल्लाको टोलीले छलफल तथा अन्तक्रिया गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै सभापती लिम्बुले स्थानिय तह निर्धारणमा काग्रेसको धारणा राख्नुभएको थियो । उहाँले कांग्रेसले ईलाकालाई स्थानिय तहलाई मुख्य आधार मानेर तह निर्धारण गर्ने सहमति गरेको बताउनुभयो । उहाँले विकासको एजेन्डालाई पहिचान संग जोड्नु पर्ने धारणा राख्नुभयो । विकासका लागि स्थानियहरु जागरुप र सजग हुन उहाँले आग्रह गर्नु भयो । गरिव ,आदिवासी , मधेसी मात्र नभई विकासले सम्पुर्ण नेपाली समट्ने हुनाले विकासका योजनाका खाका कोरेर सम्बन्धीत ठाँउमा पहल गर्न स्थानिय स्यंम जुट्न उहाँले आग्रह गर्नुभयो ।
स्थानिय बासिको उल्लेख्य सहभागि रहेको कार्यक्रममा नेका मोरङ जिल्ला सचिव मोदराज घिमिरे, जिल्ला सदस्य राजेश गुप्ता , नेवि संघका नेता प्रशान्त निरौला लगायतको उपस्थिती थियो ।