Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

देवकोटाको शालिकमा माल्याणपणसँगै बिविध कार्यक्रम गरेर भब्य रुपमा मनाएको छ इटहरीमा

सुप्रिया राई कार्तिक १४ 
इटहरी,महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औ लक्ष्मी जयन्तिका अवसरमा आइतवार इटहरी–५ पचरुखीमा निर्माण गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्याणपणसँगै बिविध कार्यक्रम गरेर भब्य रुपमा मनाएको छ ।प्राध्यापक डा. बद्रीविशाल पोख्रेलले सो अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक रहेको र काब्यबाटिका समेत रहेको पचरुखी अर्थात इटहरीको यो भूमि ज्यादै नै समृद्ध र पुजनीय भूमिका रुपमा विकास भईरहेको उल्लेख गर्नुभयो । लक्ष्मी जयन्ति समारोह समितिको आयोजनामा भएको बिविध कार्यक्रम अन्तर्गत भएको युवा कविता प्रतियोगिताका सहभागिहरु मानव बराल, रुद्रप्रसाद सुवेदी अनिता नेपाली नबराज भट्टराई लगायत १० जनालाई पुरस्कार प्रदान गरिएको छ ।त्यसै अवसरमा काब्यबाटिका साहित्यिक मञ्चका सदस्य आलोक खनालले इटहरी ५ का सवै गल्ली र चोकहरुमा विश्वको सयजना ख्यातिप्राप्त साहित्यकारहरुको सालिक बनाएर विश्वकै नमुना गाउँ बनाउन सकिने योजना रहेको खुलाशा समेत गर्नुभएको छ ।तीर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा टङ्क खनाल लगायतका महानुभावहरुले बोल्नुभएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget