Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पूर्वराजा ज्ञानेन्द्र ‘अन्तराष्ट्रिय विराट महासम्मेलनमा जाँदा विद्यादेवी आर्यसम्मेलनमा ।


भोला अधिकारी
काठमाडौं, ४ कात्तिक । काठमाडौको वनकालीमा विश्व हिन्दु महासंघको अगुवाइमा ‘अन्तराष्ट्रिय विराट महासम्मेलन भइरहेको छ। यो सम्मेलनमा पुर्व  राजा ज्ञानेन्द्र रानी कोमल सहित राज परिवारको उपस्तिथि रहेको थियो । त्यस्तै आजकै दिन टुँडिखेलमा पनि नेपाल आर्य समाजको आयोजनामा ‘अन्तराष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन’ भएको छ ।
वनकालीको सम्मेलन  पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गरे भने टुँडिखेलको सम्मेलन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।
आर्यसम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले आर्य सभ्यता प्राचित सभ्यतामध्ये एक भएको भन्दै यसको व्यापक महत्व भएको र अध्ययन अनुसन्धान हुनुपर्ने  बताइन् बताइन् ।  महासम्मेलनको सफलताको शुभकामना दिइन् ।
 उनले वैदिक युगमा कर्मकाण्ड, वर्णाश्रम, लैंगिक विभेद, छुवाछुत, रुढीवादी परम्पराले विकृति देखापर्नु दुखद भएको बताइन् ।

महासम्मेलन ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ। ।उत्त सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, भारत र नेपालका गरी आठ हजार ५०० व्यक्तिको सहभागिता रहेको छ ।
महासम्मेलनका क्रममा आठवटा छुट्टै सम्मेलनसमेत आयोजना गरिएको बताइएको छ ।
यता बनकालीको महासम्मेलन उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले निषेधको राजनीति गरिए उपेक्षितहरुमा विद्रोह जन्मिन सक्ने चेतावनी दिए ।

     उनले आजको स्थिति र हिन्दु दर्शनबीच आफूलाई राखेर हेर्न सकिएको खण्डमा यर्थाथलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुने समेत सम्बोधनका क्रममा बताए ।
‘बहुजन हिताय, बहुजन सुखाय’को मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकाल्प नभएको भन्दै ज्ञानेन्द्रले सनातनी ओमकार परिवारहरु यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुट्नु पर्नेमा जोड दिए ।
हिन्दुधर्मको दर्शन र महत्वकोबारेमा सम्बोधनको अधिकांश समय खर्चिएका उनले हिन्दु धर्म एवम् दर्शन विश्वकै महान र उदार रहेको बताए ।
महासम्मेलनमा विभिन्न देशका स्वामी, सन्त महन्तलगायतको उपस्थिति रहेको थियो भने उनीहरुले नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्नेमा जोड दिए ।
वनकालीको सम्मेलन कात्तिक ६ गतेसम्म चल्ने बताइएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget