Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

काठमाडौमा जाडो शुरु ।


 
काठमाडौं । पछिल्लो दिनमा काठमाडौं लगायत देशको उच्च पहाडी भूभागहरुमा चिसो बढ्न थालेको छ । नेपालको वायु मण्डलमा पूर्वी मनसुनी वायुको प्रभाव ससकिएर पश्चिमी वायुको प्रभाव सुरु भएसँगै चिसो बढेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपाली वायु मण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । महाशाखाका अनुसार काठमाडौंको न्युनतम तापक्रम १६ डिग्री सेल्सियससम्म झरिसकेको छ ।

शुक्रबार काठमाडौंको न्युनतम् तापक्रम १७ डिग्री सेल्सियस थियो भने आज शनिबार विहान पनि तापक्रम १७ डिग्री सेल्सियस नै मापन गरिएको महाशाखाका मौसमविद राजु प्रधानांगले जानकारी दिए । अधिकतम तापक्रम पनि २६ डिग्रि सेल्सियसमा सिमित भएको छ ।

महाशाखाका अनुसार केही दिनदेखि दिउँसोको तापक्रम समेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

यस्तो अवस्थामा सुधार नआए केही दिनमै हृवात्तै जाडो बढ्नसक्ने पूर्वानुमान महाशाखाको अनुमान छ ।

गत बिहीबार काठमाडौंमा न्युनतम् ताफत्रम १६ डिग्रि सेल्सीयस मापन भएको थियो । मौसमविद प्रधानांगले काठमाडौंको मौसम चिसिनेक्रम सुरु भएको र जाडो मौसम सुरुवातको संकेत मिलेको बताए ।

‘तापक्रम घट्दो क्रममा छ । यो गर्मी र जाडोको ट्रान्जिक्सन फेज हो’ प्रधानांगले भने,’अब चिसोबाट बच्न समान्य बाक्लो कपडा लगाउने समय आइसकेको छ ।’


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget