मोरङ, १२ कार्तिक ।मोरङ बयरबनमा रुखबाट लडेर बिहिबार एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा बयरवन ३ बस्ने अन्दाजी २५ वर्षिय शिवराज गिरी रहेका छन्। गिरी आफ्नै घर अगाडीको टिकको रुखबाट घाँस काट्नेक्रममा अपरान्ह ३ बजे लडेर घाइते भएका थिए।
गिरीको साँझ ८ः३० बजे उपचारका क्रममा विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रमाईलोले जनाएको छ।