विराटनगर ५ कातिक । विराटनगर उपमहानगरपालिकाले सडक फराकिलो पार्ने क्रममा बाँकी रहेका नगरक्षेत्रका सवै संरचनाहरु चाडै भत्काउने घोषणा गरेको छ ।
भर्खरै सरुवा भएर आएका विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले विहिवार पत्रकार सम्मेलन गरि सो कुराको घोषणा गरेका हुन । धेरै नगरबासीहरुले घर जोगियो भन्दै खुशी व्यक्त गरिरहेको बेला नयाँ कार्यकारी अधिकृतले यस्तो चुनौती दिए । उनले भने घर जोग्यो अव भत्काउनु पर्दैन भन्ने कसैमा भ्रम छ भने त्यो भ्रम आजै बाट फ्यालिदिनुस । कोइरालाले भने सडक मापदण्ड विपरित बनेका सवै घर टहरा भत्काउँछौ ।
कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा भएपछि नगरक्षेत्रमा यस प्रकारको हैवा फैलिएको थियो । घर भत्कन बाट जोगिएर खुशी भएर बसेका घरधनीहरुलाई आगा्रह गर्दै भने यदी यो भ्रम पालेर बस्नु भएको छ भने तपाईहरुलाई म के आग्रह गर्दछु भने साईड क्लियरेन्स गराउने हाम्रो कानूनी अधिकार हो जो कार्यकारी आएपनि हुन्छ । कोइरालाको यो चूनौती पछि विराटनमा घर भत्काउन अटेर गरेर बसेका घरधनीहरुको सातो गएको छ । मापदण्ड विपरित बनेका झन्डै ३ सय घर अव भत्किदै छन । मुख्य बजार क्षेत्रमा अझै सडक मिचेर बनेका घरहरु अटेर गरेरै भत्किएका छैनन ।
अर्को एक प्रसंगमा कोइरालाले आफुले सरुवा माग गरेरै विराटनगर आएको बताए । सरुवालाई चूनौती र अवसरका रुपमा लिन्छु उनले आफ्नो योजना सुनाउदै भने म केही गर्ननै आएको हुँ ग्रेटर विराटनगर वनाउने मेरो योजना छ । कोइरालाले भने सवै नगरबासीहरुले मेरो योजनामा साथ र सहयोग दिनुहुन्छ भन्ने आशा गरेको छु । फोहर मैलाको व्यवस्थापन , सडक वत्ती , सडक फराकिलो बनाउने , फुटपाथ व्यवस्थापन गर्ने , अपुरा योजनाहरुलाई कार्यान्वयन गर्ने र नगरको आवश्यकत्ताहरुलाई पुरा गरि ग्रेटर विराटनगर बनाउने कोइरालाको सोच छ । यही असोज ३१ गते कार्यभार सम्हालेका कोइरालाले विराटनगरको विकासको लागी अल्पकालिन र मध्यकालीन योजना ल्याएको सुनाए । योजना अनुसार विराटनगरमा विग्रिएका सडकहरुको तिहार लगत्तै हेसिङ गरिने जानकारी दिए । खाल्डा खुल्डी पुरेर भएपनि तत्कालै हेसिङ गरि राहत दिनु पर्छ भन्ने मेरो मान्यता हो कालिका कन्ट्रक्सनलाई निर्देशन दिइसकेको छु उनले भने अव खाल्डाखुल्डीमा हिडिरहनु पर्दैन । हेसिङको काम पुरा भएपछि नगरबासीले केही राहत महशुष गर्ने उनको विश्वास छ । विराटनगरको सडक , नाला र ढलको निर्माण कार्य पुरा गर्ने म्याद यही २०७४ साल फागुन २४ गते सकिदैछ । तर समयमा काम पुरा हुन नसकेकोमा उनले क्षमा पनि मागे । कार्यकारीको हैसियतले म नगरबासीहरुसँग क्षमा माग्छु कोइरालाले भने म्याद थप गरेकोले अव समय भित्रै निर्माण पुरा गर्ने लक्ष्य लिएको छौ र तिहारपछि तिव्र गतिमा काम सुरु हुने छ । यी सवै काम पुरा गर्न राजनीतिक दल , नागरिक समाज , संचारकर्मी र टोल संगठनहरुको साथ लिने उनको भनाई छ । यस्तै उनले विराटनगर बसपार्कको ठेक्का सम्झौता तिहार लगत्तै हुने स्पस्ट पारे । त्यस्तै एडिविको सहयोगमा निर्माण भैरहेको सडक , ढल र नालाको प्रगतिका बारेमा बताउदै हाल सम्म ६३ किलो मिटर कालो पत्रे सडक निर्माण हुनुपर्नेमा पुष्पलाल चौकदेखी भट्टा चौक सम्म अढाई किलो मिटर सडक मात्र निर्माण भएको बताए । यस्तै सतह नाला ३६ किलो मिटरमा २९ दशमलव ५ किमि , ढल ६२ किलो मिटरमा २९ किमी र फोहर प्रशोधन केन्द्रको काम ५० प्रतिसत पुरा भएकोे जानकारी दिए । कुल बजेट २ अर्व ७१ करोड रुपैया मध्ये बाट ५८ प्रतिसत रकम खर्च भैसकेको पनि उनले बताए ।