जुवा तास नखेल्नुस मुद्धा चलाउँछु : प्रहरी प्रमुख भण्डारी
विराटनगर ३ कार्तिक । तिहारको समयमा जुवा वा तास खेल्दै हुनुहुन्छ भने होस पुर्याउनु होस । अव मोरङ प्रहरीले जुवा र तास विरुद्धको अभियानै जिल्लामा चलाएको छ । कोही जुवाडे पक्राउ परे जुवा ऐन अनुसार कार्वाही चलाएर अदालत सम्म ठिङग्याने कार्य सुरु छ । जुवा र तासलाई प्रहरीले सामाजिक अपराधकोे रुपमा व्याख्या गरेको छ ।
जुवाडे पक्राउ परे सामान्य भनसुनको भरमा वा प्रहरीले सचेत गरेर पठाउने चलन थियो । तर यस पटकदेखी जुवाडेलाई प्रहरीले मुद्धानै चलाउने गरेको छ । प्रहरी प्रमुख सन्दिप भण्डारीले भने कसैको घरवास नजाओस भन्ने ध्येय राखेर हामीले अभियान सुरु गरेको हौ । प्रहरीको अभियानमा महिला तथा छर छिमेकहरुको सक्दो सहयोग रहेको उनले जानकारी दिए । प्रहरीको आफ्नै नेटवर्क र महिलाहरुबाटै सूचना प्राप्त भैरहेको उनको कथन छ । हामीलाई यही माध्यमबाट सूचना प्राप्त भैरहेको छ भण्डारीले भने यही सूचनाबाट हामीले १७ जनालाई पक्राउ गरि मुद्धा चलाईसक्यौ । जुवाडे पक्राउ परे कसैको भनसुन र राजनीतिक दवाव आफुले ठाडै अस्विकार गर्ने भण्डारीको स्पस्टोक्ती छ । कसैले भनसुन गराउनु भन्दा पनि मलाई टेलिफोन गरेर जुवा खेलिरहेको सूचना दिनुहोस भण्डारीले आग्रह गर्दै भने मेरो आफ्न्त पर्यो एक पटकलाई छोडिदिनुस भनेर नआउनुस । कसैको नाता लगाएर भनसुन गर्न आए आफुलाई त्यो स्विाकार्य हुदैन उनको जवाफ थियो । जुवाडेलाई पक्राउ गर्ने अभियान एक सातादेखी नै प्रहरीले जिल्ला व्पापी बनाएको हो । तीन स्थानमा छापामारी १७ जना जुवाडे पक्राउ परिसकेका छन । पक्राउ पर्नेहरु सरकारी कर्मचारी र उच्च घरानाका छन । यसरी पक्राउ पर्नेमा अशोक अटल , सन्तोष मारु , नन्दु राठी , किसन सन्थालिया र पवन राठी छन । विराटनगरमा रहेको अटलको घरमा पाँचै जनालाई पक्राउ गरिएको हो । संस्थागत जुवाडे आफुहरु नरहेको उनले प्रतिक्रृया दिए । साथी भाई भेला भएउ तासको म्यारिज खेलिरहेका थियौ दुई जना डिएसपी आएर हामीलाई पक्राउ गरे । अटलका अनुसार प्रहरीले मारुसाथमा रहेको १ लाख ९० हजार सहित २ लाख ४० हजार लगेको छ । पक्राउ परेका पाँचै जनालई प्रहरीले हिरासतमा राखी मुद्धा चलाएको र अदालतबाट जरिवाना पार्ई छुटेको अटलले बताए ।
यतीवेला जुवा ऐन अनुसार प्रहरीले सरकारी वकील मार्फत मुद्धा चलाउन थालेको छ । ठूलो वा सानो प्रहरी कुनै पनि जुवालाई जुवाका रुपमा लिने गर्छ । प्रहरीको यो सक्रृयता पछि सर्वसाधारण्मा त्रास बढेको छ । त्यस्तै सडकमा डाईस खेलाउने क्रम पनि घटेको छ । जिल्लामा कडाई गरिएपछि जुवाडेहरु सिमापारिको जोगवनी बजारमा रहेको सागर रायका जुवा खेल्न जाने गरेका छन ।
यसैविच प्रहरीले नजिकिदै गएको तिहारलाई लक्षीत गरि पटकाजन्य पदार्थ भित्रन नदिन सिमा क्षेत्रहरुमा कडाई गरेको छ । जोगवनी , मटेरुवा , रंगेली जस्ता खुल्ला सिमानामा चेक जाँचमा कडाई गरेको छ । प्रहरीको सिमा क्षेत्रमा निगरानी बढाएकै कारण पटकाजन्य पदार्थ पक्राउ गरिरहेको भण्डारीले जानकारी दिए । यदी कसैले पटका पटाएर जनजिवनलाई त्रास पारे कार्वाही गर्ने उनी उनले स्पस्ट पारे । विष्फोटक पदार्थ पटकाले अकालमा ज्यान जाने तथा अंग भंग हुन सक्ने अवस्थालाई ध्यानमा राखी प्रहरीले सिमा क्षेत्रबाट भित्रने पटकाजन्य बस्तुलाई कडाई गरेको उनको भनाई छ ।