विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकार प्रहरीद्धारा पक्राउ,अन्य फरार ।
काठमाडौं ,६ कात्तिक । केहि समय अ िग उपत्यकाका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र विद्यार्थी संगठनका संयोजक मिन देवकोटा भन्ने विनोद थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई भक्तपुरको नलिनचोकबाट पक्राउ गरिएको म माहानगरिय प्रमुख आयुक्त प्रहरी अतिरिक्त माहानिरीक्षक प्रताप सिंह थापाले जानकारी दिए ।
पार्टीका अध्यक्ष देवेन्द्र सिंह महता र कोषाध्यक्ष जानु श्रेष्ठ अझै फरार रहेको र प्रहरीले उनीहरुको खोजी गरिरहेको थापाले पत्रकार बताए ।
असोज ४ गते काठमाडौं र ललितपुरस्थित बौध, सानेपा, डल्लुलगातका १० विद्यालयमा बम राखेर आतंक मच्चाएको थियो । । घटनास्थलमा क्रान्तिकारी कम्युनिष्ट केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो ।
बम विस्फोट काण्डमा हालसम्म प्रहरीले चन्द्र बहादुर तामाङ, शंकर लाखे, मुस्तकिम अन्सारी, विष्णुप्रसाद पौडेल, मीन देवकोटा र केशव दाहाललाई पक्राउ गरेको छ ।अन्य अभियुत्तलाई चाडै समातिने प्रहरीले बताएको छ ।