Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विराटनगरमा अर्को विभत्स हत्या

अंकित दहाल मृत फेला

विराटनगर, ३ कार्तिक । मोरङको विराटनग ६ स्थित डिपीएस स्कुल नजिकै एकजना युवाको हत्या गरी फालिएको अवस्थामा सव फेला परेको छ । 
करिव तीन दिन सम्म बेपत्ता भएका युवकको शव सोमवार दिउसो डिपीएस स्कुल छेउको धानबारीमा फेला परेको हो ।
विराटनगर ५ जामुनगाछी बस्ने राजकुमार दहालका एकमात्र छोरा १९ बर्षीय अंकितको सव क्षत विच्छेद अवस्थामा फेला परेको प्रहरीले जनाको छ । हात खुट्टा बाधेर मुखमा कालो पट्टी बाधी शवलाई नाङगै अवस्थामा फेला परेको थियो ।
पोष्टमार्टमका क्रममा अंकितको हत्या भएको खुल्न आएको छ । घाटी रेटेर छुरा प्रहार गरि उनको हत्या गरेको प्रहरीले जनाएको छ ।  पारिवारीक श्रोतले दिएको जानकारी अनुसार दहाल पुर्णिमाको दिन देखि बेपत्ता थिए । 
मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार हत्याराको खोजी भईरहेको छ । प्रहरीले संङकास्पद ब्यक्तिहरुको घरमा छापा मारेको र अनुसन्धानका लागि दुईजना लाई नियन्त्रणमा लिएको जनाएको छ । दहालको मंगलबार नै विराटनगरको हाटखोलामा दहासंस्कार गरिएको छ ।
भदौ २० गते राती विराटनगरमा छात्रवास सञ्चालन गरिरहेका विनोद यादब पनि विभत्स हत्या भएको थियो । डेढ महिना पछि त्यस्तै प्रकृतिको घट्ना दोहोरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget