अमेरिका समाचारदाता
चर्चित गायक राजेश पायल राईले आजा अमेरिकाको कोलोराडोबासीलाई भरपुर् मनोरंजन प्रदान गर्ने भएका छन् । कोलोराडोमा जातिय एकता, भाइचारा र सह अस्तित्वको सम्मान गर्दै मृत्यु संस्कार गर्नको लागि समाधिस्थल निर्माण गर्ने तथा संस्कार/संस्कृति जोगेर्ना गर्न माङखिम (चुलाघर) निमार्ण गर्ने उद्देश्यले किरात राई सोसाइटी अफ अमेरीका, कोलोराडो च्याप्टरको आयोजनामा आयोजित विशेष सांगीतिक प्रस्तुति हाङ जितेदास्ती साँझ–५०७६ कार्यक्रममा गायक राईको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा राईको साथ साथै चर्चित लोकगायक महेश बुढाथोकीको साथमा स्थानीय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने कार्यक्रम संयोजक भिम ‘क्षितिज’ राईले जानकारी गराएका छन् । यहि अक्टोबर १५ तारिक शनिबार साँझ ६ बजे अरोरा सेन्ट्रल हाइ स्कुल अरोरा कोलोराडोको भवनमा विशेष कार्यक्रम हुन आयोजक समितिको सचिव राज राईले जानकारी गराएका छन् । उक्त कार्यक्रमबाट उठेका सम्पूर्ण रकम अमेरिकी राज्य सरकारसँग सहर्काय गर्दै माङखिम तथा समाधिस्थल निर्माणमा खर्च गरिने कार्यक्रम संयोजक भिम ‘क्षितिज’ राईले बताए ।