मोरङ, १२ कार्तिक । मोरङको राजघाटमा बिहिबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्।
बिहिबार साँझ राजघाट ५ भित्री सडक खण्डमा मे २ प ६५१८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते दुई जना मध्ये मोटरसाइकलका चालक ईटहरा ३ का २३ वर्षिय कमल भट्टराईको उपचारका क्रममा बहिबार साँझ मृत्यु भएको छ।
अर्का घाइते मोटरसाइकल पछाडी सवार सोही ठाउँका २३ वर्षिय मिलन कार्कीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।