Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झाप्री अहिले हरेक मानिसले देवस्थलमा चढाउने साधनको ब्यापार मा बृद्धी

Displaying jhapri.jpg
सुप्रिया राई कार्तिक १४
इटहरी, सफा र शुद्ध कागज, सन्ठी, बाँसको भाटाको डण्ठी डोरी धागो र रङ्ग आदिका् प्रयोगबाट निर्माण हुने झाप्री अहिले हरेक मानिसले देवस्थलमा चढाउने साधनका रुपमा पहिलो प्राथमिकतामा पर्न थालेपछि यसको ब्यापार ह्वात्तै बढेको इनरुवा ७ का प्रदिप मालीको भनाई रहेको छ । उनले केही बर्षदेखि झाप्री बिक्रीबाट नै घर परिवार चलाउँदै आएको पनि बताउनु भएको छ ।सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका ७ को बिहीबारेमा घर रहेका प्रदिप मालीले दशैं तिहरामा राम्ररी ब्यापार हुने आशा राखेको र दशैंका बेला अपेक्षाकृत आम्दानी हात लागेको पनि जानकारी दिए । प्रदिप भन्नुहुन्छ हातमा सिप भएपछि घर खर्चको जोहो त्यसै पनि हुँदो रहेछ बिदेश गई रहनु पर्दैन ।तराईको भूमिमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्वीहरुले भाकलका रुपमा झाप्री चढाउने र आफ्नो मनोकाङ्क्षा पुरा होस भन्ने कामना गर्ने र भाकल पुरा भएप्छि यो झाप्री चढाउने गरिएकाले नबिक्ला कि भनेर डराउनु पर्दैन प्रदिप मालीको विश्वास छ । तयारी रहेको एउटा झाप्रीको मुल्य साईज हेरेर सयदेखि तीनसय रुपियाँसम्ममा बिक्री हुने र एक दिनमा तीनवटासम्म तयार गर्न सक्ने भएकाले आम्दानी त हुने नै भयो नि प्रदिपले जवाफ दिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget