Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झन्डै २० बर्षपछि ट्वाक्क टुक्क


काठमाडौ । झन्डै २० बर्षपछि ट्वाक्क टुक्क फेरि कान्तीपुर टेलीभिजनबाट आऊदै
कमेडी दुनियामा कुनै समय सर्बाधिक लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क पुनः  ट्वाक्क टुक्क रिटर्न्स को नामले आऊने भएको छ ।  यहि शुक्रवार बेलुका साढे सात बजेबाट प्रसारण हुने कार्यक्रमलाई एड रिलिजले निर्माण गर्न लागेको हो भने निर्देशन दिनेश डिसीको नै रहनेछ ।
   
   नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाईको सर्बाधिक सफल त्यो बहुचर्चित टेलीसिरीयल ट्वाक्क टुक्क को नयॉ संस्करणमा दिनेश डिसी,  महादेव त्रिपाठी, रेशम फिरिरी,शुशिला निरौला९बिम्ली०,  जुंगे भट्टराई, माधब पण्डित,शंकर पाण्डे, सुरेश असिम आदिको साथमा चर्चित पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
         २० बर्षअगाडी बहुचर्चित निर्देशक आवाजको दुनियाको साथी दिनेश डिसी निर्देशित त्यै बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगाएतको ऊत्पादन भएको थि़यो ्र हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय राख्न लागिएको यस कार्यक्रमको दोस्रो भाग अर्थात आगामी साता भने जितु नेपाल रहनेछन् । यसका साथै  नयॉ कलाकारहरुको खोजी समेत भैरहेको निर्देशक डिसीले बताएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget