झापा ३० असोज । झापाको दुहागढी ४ स्थीत तेलीबारीमा शनिबार अज्ञात सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुहागढी ४ मा डेरागरी बस्ने अन्दाजी २९ बर्षिया निसा राई रहेकी छिन्। उनलाई बेलुका ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सवारी साधनले हिड्दै गर्दा ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी राईलाई प्रहरी चौकी चारआलीको गस्ती टोलीले भेटी उपचारको लागी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारीको खोजी भइरहेको पुर्वक्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।