Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लायन्स क्लब अफ विराटनगर सुभमद्धारा बालबालीकाको निशुल्क आँखा परिक्षण



मोरङ,११ कात्तिक ।लायन्स क्लब अफ विराटनगर सुभमले आज कटहरी क्षेत्रका एक सय २५ जना बालबालीकाको निशुल्क आँखा परिक्षण गरेको छ ।
मोरङको कटहरीमा अवस्थित महेशपुरमा  निशुल्क आँखा परिक्षण गरेको हो ।  सुभमले आज एक कार्यक्रमको आयोजना गरी आँखा शिबिर संञ्चालन गरेको हो । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा डा रक्षा पन्तले आँखा जाँच गर्नु भएको थियो  कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा युवानेता राजु मास्केले यस्ता सामाजिक कामले विपन्न समुदायका बालबालीकाहरुले निशुल्क आँखा जाँच गरेकोमा खुसी लागेको बताउनु भयो ।बालबालिका देशका कर्णधार रहेका र बालबालिकाहरुको स्वास्थ्यमा सरोकारवाला सवैले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ अन्तराष्ट्रीय डिस्ट्रीक ३२५ एवानका डिस्टीक क्यावीनेट सेक्रेटरी लीला ढुङगेलले आँखा जाँच गराउने कार्य महत्व पुर्ण भएको टिप्पणी गर्नुभयो । लायन्सले विश्वमा लाखौ मानिसको आखा परिक्षण गरेको र नेपालमा पनि यो कामले महत्व राखेको बताउनु भयो  । कार्यक्रम लायन्स क्लब अफ विराटनगर सुभमकी अध्यक्ष सपना रिजालको सभापतित्वमा सम्पन्न भएको थियो ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget