मोरङ, १२ कार्तिक। मोरङको रंगेली नगरपालिका १० स्थित टकुवामा बिहिबार आगलागीबाट एक घरमा क्षति भएको छ।
स्थानीय मोहमद जाबेद अख्तरको घरमा साँझ ७ बजे अचानक आगलागी भएको हो। आगलागीबाट अख्तको टिनले बनेको एक तले घर र घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी एक लाख सात हजार मूल्य बराबरको क्षति भएको छ।
आगलागीको कारणबारे खुल्न सकेको छैन। आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।