मोरङ,२८ असोज । मोरङको टाडी-८ बोक्रेमा विहीबार छोराको धारीलो हतियारबाट बाबु घाइते भएका छन्। स्थानिय १९ बर्षिय खगेन्द्र शंकरले आफ्नै बुबा ४५ बर्षिय लक्ष्मी शंकर लाई धारीलो हतियार प्रहार गरेका हुन्।
सामान्य विवाद भएपछी उनले धारीलो हतियारले बाबुको टाउकोमा प्रहार गरेका थिए।
हतियार प्रहारबाट घाइते शंकरको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने खगेन्द्र शंकरलाई अस्थाई प्रहरी चौकी टाडीले नियन्त्रणमा लिएको छ।