Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

माईखोलामा डुंगा दुर्घटना, ५ को मृत्यु ३४ जनाको उद्दार


इलाम, २९ असोज। इलामको महमाई-८ स्थित माईखोलाको लोदिया दोभानमा शुक्रबार डुंगा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य ३४ जनाको उद्दार गरिएको छ।
इलामको दानाबारीबाट अन्दाजी ४०\४५ जना यात्रु बोकेर महमाईतर्फ जाँदै गरेको डुङ्गा दिउँसो ३;४५ बजे उक्त स्थानमा पल्टिएको थियो।
डुंगामा सवार यात्रु मध्ये महमाई-१ बस्ने ७५ बर्षिय जस बहादुर राई, सोही ठाउँकी ४५ बर्षिया डम्बर माया मगर, ५८ बर्षिय हर्क बहादुर मगर, महमाई-२ बस्ने ३९ बर्षिया पवित्रा पौडेल र नाम थर वतन खुल्न नसकेकी अन्दाजी ११ बर्षिया बालिकाको मृत्यु भएको छ।
दुर्घटनामा डुंगा चालक महमाई-८ बस्ने ४० बर्षिय पर्शु बास्तोला सहित १४ पुरुष र २० महिला गरी ३४ जना उद्दार तथा सम्पर्कमा आएको प्रहरी चौकी महमाईले जनाएको छ। घट्नाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget