
हेम गिरी
अमेरिकामा रहेका नेपालीभाषी भूटानीहरु जो गायन क्षेत्रमा धेरै रुची राख्छन उनीहरुको निमित्त सांगीतिक स्थान स्थापना गर्नको लागि 'कलाकार हाम्रो होइन राम्रो हुनु पर्छ ' भन्ने मुल नाराको साथ एकल गायन प्रतियोगिता 'बर्षा बेस्ट परफमर' सिजन २ सुरु भएको छ । सन् २०१५ देखि सुरु गरिएको सो परफमरको निरन्तर सिजन २ आयोजना गर्न सफल भएको छ आयोजक समिति । तेस्रो मुलुक पुनर्वास भएका नेपालीभाषी भूटानीहरुले उनीहरुको समुदयाको लागि एक चर्चित कार्यक्रमको सुचीमा राख्छन बर्षा बेस्ट परफमरलाई ! आयोजकले आफ्नो कार्यक्रमलाई त झैँ अमेरिकामा बसोबास गर्ने नेपाली भाषीहरुको पहिलो एतिहासिक कार्यक्रम भन्न पनि पछि परेका छैनन । कार्यक्रमको पहिलो सिजन यानिकी सन् २०१५ मा भएको परफमरबाट उत्कृष्ट ४ जना छनौट गरिएको थियो त्यी उत्कृष्ट नवगायकहरु रमेश कडेल, गोपाल मगर , जितेन्द्र गिरी अनि साहरा राईको सुमधुर आवाजमा सांगितिक एलबम समेत बजारमा प्रकाशन गरिएको छ । अमेरिकाको विभिन्न ठाउँ जहाँ नेपालीभाषी भूटानीहरु बसेको छन् त्यहाँ जता त्यतै वर्षा बेस्ट परफमरको चर्चा सुनिन्छ अहिले । सो प्रतियोगीको सिजन २ मा १२० जनाले फारम भरेको थिए त्यीमध्ये २० जना छनौट हुँदै लाइभ अडिसनमा सहभागी हुदैछन । लाइभ अडिसनबाट १५ जना छनौट गरेर मेगा अडिसन सुरु गर्ने अनि मेगा अडिसनबाट टप टेन छनौट गरेर भोटिंग लाइन सुचारु गर्ने अनि यसरी नै क्रमश छनोट हुँदै टप २ छानिने प्रायोजक भानु फुयालले बताए । सक्षम ग्रुप आयोजक रहेको कार्यक्रमकोले प्रतिभा भएर पनि उचित ठाँउ र प्रोत्साहन नपाइ रहेका कलाकारहरूलाई सहयोग गरि अघि बढाउन जुटेको यो समूहले सबै दर्शकलाई सही प्रतिभालई भोट गरि सहयोग गर्न पनि अनुरोध गरेको छ। कार्यक्रमको अघिल्लो केही श्रींखलाहरूमा निर्णायकहरूको भूमिका बाट प्रतियोगीहरूको छनौट गरेता पनि टप टेनबाट सम्पूर्ण रूपमा दर्शकहरूको भोटबाट प्रतियोगीहरु छनौट गरिनेछ । प्रतियोगिताका निर्णायकहरूमा नेपाली संगीत जगतमा चर्चित गायक तथा संगीतकारहरू.सुरेश अधिकारी, नेपालीभाषी भूटानी गायक डम्बर खापुंग सुब्बा र महेश थुलुङ रहेका छन् । त्यसैगरि प्रतियोगिहरूलाई अझ परिपक्क पार्न सहयोग गर्ने हिसाबले आयोजकले मेन्टर्स वा कोचको पनि व्यस्था गरेको छ। मेन्टर्स्हरूमा भूटानी संगीत जगतका कलाकारहरू गोबिन्द फूयाल,कीरण गजमेर र मनोज ढकाल रहेका छन् । कार्यक्रमको लागि प्रायोजन वर्षा ज्यलर्स,नेपाली क्लोतिङ एन्ड कस्मेटिक्स्,ॐ गोल्ड हाउस्,ह्युनिक ज्यलर्स् र रोनक गोल्ड हाउस रहेका छन् । सिजन २ का बिजेता को हुन्छ त्यो पछि देख्ने कुरा हो तर, कार्यक्रमको जता त्यतै चर्चा भए पनि कार्यक्रमको केहि पक्ष सुधार गर्नु जरुरी छ । कार्यक्रमको मुल नाराको विषयमा धेरै चर्काचर्की हुदै आएको छ सामाजिक संजालमा । मुल नारा 'कलाकार हाम्रो होइन राम्रो हुनु पर्छ' ले कार्यक्रमले दिन खोजेको सन्देश नबोकेको बुझिन्छ । यो विषयमा आयोजकसंग बुझ्न खोज्दा आयोजक समितिका भानु फुयालले भने,'भोटिङ्ग लाइन सुरु भएपछि लागु हुने नारा हो त्यो, सिजन १ मा समेत हामीले सो नारा समावेश गरेको थियौ त्यसलाई नै निरन्तर दिएको हौ । सिजन १ हेर्नु हुने दर्शकहरुलाई राम्रोसंग थाहा छ ।"हाम्रोलाई होईन राम्रोलाई भोट गरौं" भन्ने हो ।' भानुको कुरा यसरी आउदा समेत चर्काचर्की गर्नेहरुले आफ्नो विषयलाई बन्दा गरेको छैनन् । उनीहरु अझै भन्दै छन् त्यत्रो ठुलो कार्यक्रम आयोजना गरेपछि कार्यक्रमको बीचदेखि लागु हुने नारा कार्यक्रमको सुरु देखि लागु गर्दा राम्रो भएन । कलाकार सबै हाम्रो नै हुन् तर राम्रो प्रतिभालाई भोट गरौ भन्ने नारा चाहि ठिक हुन्थ्यो । त्यसैगरी कार्यक्रममा निर्णायकहरूको कमेन्ट अनि प्रतियोगिहरुको प्रस्तुतीसग-सगै कार्यक्रम प्रस्तोता भोला ढुंगानाले कार्यक्रम संचलान गर्ने तरिका धेरै राम्रो छ त्यो धेरै राम्रोलाई राम्रो मात्र बनाइ दिन्छन सधै अर्का कार्यक्रम प्रस्तुता आकाश अचार्याले । आकाशको कायक्रममा प्रवेश गर्नु पुर्व धेरै अभ्यास गर्न जरुरी छ ! कार्यक्रमको सफलताको लागि सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूले सही प्रतिभालाई भोट गर्न गर्न जरुरी छ अनि नेपालीभाषी भूटानी समुदयाबाट आयोजना भएको यस कार्यक्रमलाई सो समुदयाबाट संचालन भएका सम्पूर्ण मिडियाको धेरै सहयोग आयोजकले अपेक्ष गरेको छ !