विराटनगर १० कार्तिक । पेश्की लिएर बर्षौदेखी फस्र्यौट गर्न अटेर गरेर बसेका ३ सय ९० पूर्व कर्मचारी , सघ संस्था , उपभोक्ता समिति र राजनीतिक दल सहितका पूर्व पदाधिकारीहरुलाई विराटनगर उपमहानगरपालिकाल कार्वाहीको प्रक्रृया अगाडी बढाएको छ ।
३ सय ९० जनाबाट उपमहानगरपालिकाले ३ करोड ५० लाख रुपैया अशुल उपर गर्न वाँकी देखिन्छ । तिहार लगत्तै स्थानीय विकास मन्त्रालयमार्फत केन्द्रीय तहसिल कार्यालय काठमाण्डौमा लगत कसन पठाउने तयारी गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले पेश्की फस्र्यौट गर्न अटेर गरेर बसेका सवैलाई तहसिलको कार्यालय लगत कसन पठाउने अन्तिम तयारी भएको बताए । पेश्की लिएका प्राय सवैले सार्वजनिक सूचना जारी गर्दा समेत वास्ता नगरि अटेर गरि बसेका छन । जसले गर्दा सवैको तीन पुस्ते सूची सहित तहसिलको कार्यालयमा पठाउन लागिएको कोइरालाले जानकारी दिए ।
तहसिल कार्यालयमा लगत कसन पठाएपछि त्यस्ता व्यक्तीले राजनीतिक नियुक्ती , निर्वाचनमा उम्मेदवारी दर्ता गर्न पाउने छैनन । तहसिलको कार्यालयले बेरुजु फस्र्यौट गर्नका लागी सवैलाई सरकारी रकम सरह अशुल उपर गर्दछ । यस्तै नगरपालिकाबाट पाउने कुनैपनि सिफारिस र सुविधाबाट बन्चित हुन पर्ने छ । कार्यकारी अधिकृत कोइरालाले धेरै पटक पत्रपत्रिकामा सूचना दिएको र केहीले पेश्की फस्र्यौट समेत गरेको जानकारी दिए । चिठी पठाएर समेत पटक पटक ध्यानआर्कषित गराएकै हो कोइरालाले भने धेरै अटेर गरेपछि वाध्य भएर एक्सनमा जानु परयो । यसरी पेश्की खानेहरुमा सवैभन्दा बढी पूर्व वडा अध्यक्ष र वडा सदस्य छन । केही पूर्व कर्मचारी , संघसंस्था र उपभोक्ता समिति समेत रहेका छन । २ हजार रुपैया देखी करिव ९ लाख रुपैया पेश्की फस्र्यौट गर्न उनीहरुको बाँकी देखिन्छ । उपमहानगरपालिकाको लेखा शाखाका अनुसार कुल पेश्की ५ करोड ५० लाख मध्ये २ करोड पेश्की फस्र्यौट भैसकेको छ । लेखा प्रमुख सञ्जिव भट्टराईले आर्थिक बर्ष ०७२÷७३ सम्म ३ करोड ५० लाख फस्र्यौट हुन वाँकी देखिएको छ । आर्थिक बर्ष ०६९÷७० मा पेश्की फस्र्यौटका लागी उपमहानगरपालिकाले समिति गठन गरेको थियो । समिति मार्फत २ करोड रुपैया फस्र्यौट भएको लेखा प्रमुख भट्टराईले जानकारी दिए । पेश्की फस्र्यौट हुन बाँकी देखिएको मध्ये सवैभन्दा बढी विराट खानेपानी उपभोक्ता समिति विराटनगर—४ रहेको छ । यसले ८ लाख रुपैया फस्र्यौट गर्न बाँकी छ । टेक्सी स्टाण्ड शौचालय पक्की नाला निर्माण उपभोक्ता समितिले ६ लाख ९१ ह्जार फस्र्यौट गर्न छ । यस्तै आँखा अस्पताल दक्षिण पिच सडक उपभोक्ता समिति विराटनगर —९ ले २ लाख ७७ हजार फस्र्यौट गर्न बाँकी छ ।