ताप्लेजुङ, ५ कात्र्तिक । ताप्लेजुङको चाँगे २ बाट प्रहरीले विहीबार भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाँग २ तिलवारी घर भइ सावादिन ६ स्थीत खड्ग बहादुर खड्काको घरमा आरन चलाउने ४३ बर्षिय दुर्गा प्रसाद सापकोटा (विश्वकर्मा) रहेका छन् ।
प्रहरीले उनलाई भरुवा बन्दुक बनाइ रहेको अबस्थामा २ नाल भरुवा बन्दुक, बट २ थान, फलामको नाल २ थान, औजार १ थान सहित पक्राउ गरेको हो । भरुवा बन्दुकसहित पक्राउ परेका सापकोटालाई थप अनुसन्धान गरिरहेको पूर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।