तेह्रथुम ,१ कार्तिक । तेह्रथुम, संखुवासभा र ताप्लेजुुङका पहाडी जिल्लाको लेकाली जंगलमा पाइने सिङरिङगे भनिने भाले चिराइतोको माग भारत र बंगलादेशका बजारमा बढेपछि तेह्रथुमको वसन्तपुर नाका भएर भालेचिराइतो निर्यात हुन थालेको छ ।
दुई, तीन वर्षअघि बिक्री नै नभएर जंगलमा किसानले संकलन गरेकै स्थानमा कुहिएको भाले चिराइतो यस वर्ष प्रतिकिलो ३५ देखि ४० रुपैंयाँसम्ममा किनबेच भैरहेको छ । औषधीमा प्रयोग गर्न यो चिराइतो अन्तर्राष्ट्रिय बजारतर्फ निर्यात हुने गरेको वसन्तपुरका चिराइतो व्यापारी वीरबहादुर सुब्बाले बताउनुभयो । यो चिराइतोमा अन्य चिराइतोका प्रजातिभन्दा तितोको मात्रा केही कम हुन्छ । वसन्तपुर नाका भएर दैनिक ५ ट्रकसम्म चिराइतो निर्यात हँुदै आएको छ । यो चिराइतो किनबेच हुन थालेपछि स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि भएको बताइन्छ ।