![]() |
हेम गिरी (लेखक ) |
अमेरिकामा रहेका नेपालीभाषी भूटानीहरु जो गायन क्षेत्रमा धेरै रुचि राख्दै आएका छन् उनीहरुको लागि एउटा राम्रो मौका भनौ या अवसर जस्तो लाग्छ मलाई एकल गायन प्रतियोगिता ‘बर्षा बेस्ट परफमर’ सिजन २ ! आयोजककै कसै कसैले हामीलाई भूटानी भन्न रुचाउदैनन होलान तर, म चाहि नेपालीभाषी भूटानी नै भन्छु । मैले सो प्रतियोगिताको सिजन-१ हेरेको छैन । सिजन-२ नियमित रुपमा हेर्दैछु । कार्यक्रमको प्रशंसा गर्ने पर्छ तर, सबै राम्रो भयो भन्दै प्रशंसा गर्न चाहि अरु जस्तो म सक्दिन । तेत्रो ठुलो कार्यक्रम आयोजना गर्नु भनेको आफैमा विशेष कार्य हो । मलाई थाहा थिएन तर सुने, सिजन -१ मा उत्कृष्ट ४ जना छनौट गरिएको रहेछ । रमेश कडेल, गोपाल मगर , जितेन्द्र गिरी अनि साहरा राई छनौट भएका रहेछन । राम्रो काम गर्नेलाई देख्न सक्दैनन् भन्ने कुरा त पहिलादेखि नै चलिआएको हो तर, अब राम्रो कामलाई झनै राम्रो बनाउन सहयोग पुगोस भनेर मैले यो टिप्पणी गरे है त ! आयोजक या प्रायोजकलाई केहि बिमति भए मलाई पुन: टिप्पणी गर्न सक्नु हुनेछ । यो लेख पढेपछि केहि नराम्रो त लाग्ला तर,भएको कुरा लेख्न मलाई कुनै अप्ठारो लाग्दैन ! अमेरिकाको विभिन्न ठाउँ जहाँ नेपाली भाषी भूटानीहरु बसेको छन् त्यहाँ जता त्यतै वर्षा बेस्ट परफमरको चर्चा सुनिन्छ । चर्चा हुनु भनेको एक सामान्य कुरा भने होइन । अब चर्चा के को अनि कसरी हुदैछ त्यस्को जानकारी पनि आयोजकले लिनु पर्छ जस्तो लाग्छ । सक्षम ग्रुप आयोजक रहेछ । इमान्दारीपुर्बक भनेको मलाई त्यो ग्रुपको बारेमा केहि थाहा छैन बरु एक जना मित्र रबिन विष्ट र प्रायोजकमध्येको एक जना दाजु भानु फुयाललाई चिन्छु ! केहि नबुझी लेख लेख्न बसेछ भन्ने पनि नजाहोस ! मलाई आयोजक अनि प्रायोजकको बारेमा धेरै थाहा नभए पनि कार्यक्रमको बारेमा थाहा छ । आयोजकले यस प्रतियोगितालाई एतिहासिक कार्यक्रमको रुपमा लिएको छ । यसमा म कुनै बिमती राख्दिन ! आफुले आयोजना गरेको कार्यक्रम सबै एतिहासिक नै हुन्छन । जुनै आयोजकले पनि भन्छन त्यसो त ! अब कति इतिहासमा नाम लेखाउन सक्छ त्यो त भोलीको दिनले देखाउछ । दर्शकले कार्यक्रम सकिएको चार दिनमा कार्यक्रमको नामै बिर्से भने चाहि आयोजकको चेत खुल्छ होला र अर्को पालीदेखि केहि संशोधन होलान कार्यक्रममा ! विशेषगरि मैले या पुरै नकारात्मक तरिकाले केहि लेख्न खोजेको होइन ! म जहाँ रहेता पनि कार्यक्रम आयोजक र प्रायोजकहरुको बारेमा धेरै जानकारी नभए पनि उनीहरुप्रती सम्मान गर्छु । मैले यहाँ जोड्न चाहेको केहि कुरामा असहमत हुनु भए त्यो विषयमा फेरी बहस गरौला ! म कार्यक्रमको मुल नाराप्रति कति पनि प्रतिशत सहमत छैन । किन भन्ने प्रश्न उठ्दै होला ! मेरो कुनै पनि पुर्वग्रही होइन या कसैप्रति पनि मेरो नराम्रो छैन । हाम्रो समुदयामा आयोजना भएको कार्यक्रमको बारेमा मेरो व्यतिगत टिप्पणी राख्न खोजेको मात्र हुँ । नाराको विषयमा धेरै चर्काचर्की हुदै आएको छ सामाजिक संजालमा । मुल नारा ‘कलाकार हाम्रो होइन राम्रो हुनु पर्छ’ ले कार्यक्रमले दिन खोजेको सन्देश नबोकेको बुझ्छु म । आयोजक समितिका केहि सदस्यहरु भन्छन,' हाम्रो कार्यक्रमको नारा हाम्रोलाई होईन राम्रोलाई भोट गरौं या हाम्रो प्रतिभालाई होइना राम्रो प्रतिभालाई भोट गरौ भन्ने हो ।’ कार्यक्रम प्रस्तोता स्टेजमा गएर पनि यसै भनेको सुन्छु कहिले कहिँ तर, लेखिएको मुल नारा र आयोजकले भन्दै आएको मूल नारामा नितान्ता रुपमा फरक छ । सिर्जना गर्ने सीप, क्षमता, दक्षता र जनप्रिय प्रस्तुतिको शैलीलाई कला भनिन्छ तर, कलाकार भनेको कलाले पूर्ण व्यक्तित्व हो । संसारका सबै कलाकारहरु हाम्रै हुन् । त्यसो हुँदा “हाम्रो होइन” भन्ने वाक्यांश ठीक हुने कुरै आएन । तर, योग्यता तोकेर पुरस्कार दिने हिसाबमा अंक दिनलाई “हाम्रो” भनेर नाता, गोत्र, वंश नहेरी राम्रो कला प्रदर्शन गर्ने व्यक्ति हुनुपर्छ भन्ने आशय त्यति धेरै आपत्तिजनक चाहिं हुँदैन मेरो लागि पनि तर, प्रतियोगीबीचमा स्तर छान्ने निर्णायकहरुले हो अब निर्णायकहरुमा प्रश्न चिन्ह लाग्यो मेरो बिचारमा । योग्यता निर्धारण गर्ने निर्णायकहरुले मात्र हो आम जनसाधारणले हैन टप टेन भन्दा अगाडी । टप टेनबाट सुरु हुने नारा सुरुबाटै नराखेको भए हुन्थ्यो ! राखे पनि, हाम्रो भन्ने शब्दलाई “कुनै चिन्ह” को बिचमा राखेर भनिएमा सही हुन्थ्यो । जुन कुरा भन्न खोजिएको हो त्यो कुरामा केही भित्री अर्थ छ भन्ने संकेत राखेर भनिएमा सही हुन्छ । तर सोझो वाक्यमै भनिएको छ भने त्यो गलत अर्थ लाग्न सक्छ। यो व्याकरणको नियम कसले केलाएर बोल्ला, लेख्ला आज भाषै बिर्सिने अवस्थामा हुन त ? कलाकार “हाम्रो” होइन, राम्रो हुनुपर्छ भनियो भने एकदम सही हुन्थ्यो । अथवा यो पूर्ण कोष्ठकलाई ‘ ’ यसरी पनि लेख्न मिल्छ । अर्धकोष्टक भनिन्छ यसलाई जहिल्यै पनि दुई अर्थ लाग्ने वा सांकेतिक, लाक्षणिक अर्थ देखाउने शब्द वा वाक्यलाई जहिल्यै पनि अर्धकोष्टकमा राख्नुपर्छ । अनि अर्को चित्त नबुझेको कुरा चाहि एतिहासिक कार्यक्रमको नाम र एक जना प्रस्तोता ! भोला ढुंगाना र आकाश आचार्य प्रस्तोता छन् । भोला ठिकै छन् तर आकाशले काम काटेनन । एतिहासिक कार्यक्रममा यस्तो हुदा राम्रो देखिन्दैन अनि एतिहासिक कार्यक्रमको नाम कुनै एउटा प्रायोजकको पसलको नामसंग मिल्दो जुल्दो नराखेको भए हुन्थ्यो आयोजकले ! बरु हाम्रो इतिहाससंग मिल्दो जुल्दो राख्दा हुन्थ्यो ! पुन: केहि प्रतिक्रिया भए कमेन्ट गर्दिनु होला फेरी लेख्ने कोसिस गर्ने छु । अन्त्यमा, मलाई लागेको वर्षा बेस्ट परफमर :- खिर या मिठो परिकार फोहोर थाल या पिलेटमा फस्केरा दिए जस्तो !