विराटनगर ३० असोज। बिजयादशमीको दिन सबैलाई टिकाटालोको चटारो । तर त्यही चटारोमानायकजीवन लुइटेललाई भने भ्याईनभ्याई थियो । उनको ब्यस्ताको कारण अरु केहीनभएर भाईको बिहे थियो ।
नेपालीचलचित्र क्षेत्रमाभर्खर मात्रप्रवेश गरेकानवनायकनिराजन लुइटेलको टिकाको दिनबिवाहको साइत जुरेको थियो । विराटनगरकानिराजनको टिकाको दिनझापाधुलावारी निवासीआँचल सुबेदीसँगबिवाहभएको हो । पारिवारिक जमघटमा सम्पन्न सो बैबाहिक समारोहमानायकजीवन, उनको पत्नीअञ्जलीलगायतको उपस्थिति रहेको थियो । नर्स पेशामा आबद्ध आँचलसँग निराजनको लभम्यारिज हो ।
पारिवारिक जमघटमा सम्पन्न बैवाहिक समारोह निक्कै उल्लासपूर्ण रहेको थियो । एक छोरी र छोराको बुवानायकजीवनपनि बैवाहिक समारोहमानिक्कै खुशी देखिन्थे । सोहीउल्लासमाजीवनआफ्नो फुच्चे छोरा रिदानसँगमज्जाले नाँचेकाथिए । भाईको बिवाहमातपाईलाई कस्तो अनुभुतिभयो भन्ने को प्रश्नमाजीवनले भने, ‘रमाइलो महसुस भयो, मैले त आफ्नो बिवाहलाई पनि सम्झे, अझशुभदिनमाबिवाह गरेकाले झनै खुशीलाग्यो ।’
मोडलिङबाट क्यारियर शुरु गरेकानिराजनले टिकाको दिनभएकाले धेरैलाई निम्तो दिननपाएको बताए । उनले केहीदिनमा नै विराटनगरमाआफ्ना निकटका साथीभाईलाई बोलाएर बिहे भोज दिने उल्लेख गरे ।