प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबा प्रस्थान
काठमाडौ ,२९ असोज ।प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
शनिबारदेखि सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिदाइ गरेका थिए।
प्रधानमन्त्री दाहालको बिदाइका लागि मन्त्रिहरु, नेकपा ९माओवादी केन्द्र०का नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र,सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई सम्बोधन गर्नेछन् ।