Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बज्रपात बन्यो दशै


विराटनगर ३० असोज ।  मोरङ बयरबन ९ की रन्जिता लिम्बुले घरपरिवारमा आफन्त र मान्यजयको टीका थापिन् । दशैको शुभसाइतको टीका थापेकी रन्जिताले आफु मात्र होइन, आफ्ना लालाबालालाई पनि टीका लगाईदिन । दशैका बेला केटाकेटीपनि नयाँलुगा लगाए पछि फुरुक्क । बडो उल्लास र हर्षका साथ दशै मानिरहेको लिम्बु परिवारलाई जब दशा आइलाग्यो त्यसपछि भने भक्षणरमा सबै उल्लस र खुशी पीडामा बदलियो ।
बिहिबार रन्जिता १० बर्षे छोरालाई साथलिएर माइतीको हातबाट टीका थाप्नझापाको चारआलीजाने तरखरमा थिइन् । घर नजिकै रहेको पथरी जिरिखिम्ती चोकमा बस चड्न पुगेकी उनीको माइतीजाने आशा र खुशी केहीपलमा नै नामेट भयो । बिहिबार दिउँसो महेन्द्र राजमार्गमा यात्रुबाहक बसको आवतजावत बाक्लो थियो । आमासँगै १० बर्षे छोरा संदीप पनि उत्तिकै खुशी थिए । कतिबेला बस चढ्ने र मावलामा गएर टीका लगाउने सोचमा रहेका संदीपको इहलिला एकैछिनमा समाप्तभयो ।
पश्चिमबाट पूर्वतर्फ बतासिएर आउँदै गरेको बा १ ख २९१२ नम्बरको यात्रुबाहक बसले बाटो काट्ने तरखरमा रहेका संदीपलाई ठक्कर दिएपछि उनको घटनास्थलमा नै मृत्यु भयो । छोराको आफ्नै आँखा अगाडी मृत्यु भएपछि बिब्हल बनेकी रन्जिता छोरालाई दुःख कष्ट गरेर हुर्किएको भन्दै बिलौना गरिरहेकी थिइन् । रन्जिताको पति बलबहादुरको केहीबर्ष अघि नै मृत्यु भएको थियो । छोरा ३ बर्षको हुँदा नै बुवाको मृत्यु भएपछि उनको साहरा भनेको त्यही छोरा थियो । तर त्यहि छोरालाई दैबले चुँडेर लगेपछि उनी मन थाम्न सकिरहेकी थिइनन् । माइतीको हातबाट टीका थाप्ने चाहना त अधुरो रह्यो सँगसँगै छोरालाई गुमाउनु पर्दाको पीडाले उनलाई दशै दशाबनेर निम्तिएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget