ढुवानी व्यवसायीबाट मासिक १० लाख घुस
विराटनगर २ कातिक । विवादस्पद छवी भएका नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख दिनेश यादवले अवैध धन्धाबाट रकम अशुल गर्न थालेको रहस्य बाहिर आएको छ । अनुगमन र नियमन गर्ने निकाय मौन बस्दा यादवले निगमको तेल ढुवानी गर्ने टयाङकंर धनिसँग मासिक १० लाख रुपैया भन्दा बढी अशुली गरिरहेको बुझिएको छ ।
पेट्रोलियम पदार्थ चोरी र अनियमितता गर्न खप्पिस यादव धेरै डिपोमा प्रमुख भएर बस्दा विवादमा परेका व्यक्ती हुन । उनी जुन डिपोमा सरुवा भएर गएपनि अवैध धन्धा चलाउने गर्छन । यादव विरुद्ध धेरै उजुरी समेत परेको छ । केन्द्र देखी जिल्ला तहसम्म उनको छवी विग्रिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट केही बर्ष अघि कार्वाही परि ३ बर्ष निलम्वनमा परेका हुन यादव । निगम स्रोतका अनुसार यादवले टयांकर धनीसँग अवैध ढङले रकम अशुल गरेर संस्थागत भष्ट्रचारलाई बढावा दिएका छन । विभिन्न बाहाना देखाएर यादवले कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई तेल ढुवानी गर्दा हैरान गर्ने र घुस दिने लाई प्रोत्साहन गरिरहेका छन । यसरी उनले करिव ५० वटा टयांकर धनी मार्फत लाखौ रुपैया अशुल उपर गरिरहेको पाईएको छ ।
भारतको वरौनी रिफाईनरिबाट पूर्वका लागी ल्याईएको पेट्रोलियम पदार्थ निगमको विराटनगर भण्डारमा मौज्जाद गरिन्छ । भण्डार गरि राखिएको तेल नीजि टयांकर मार्फत ढुवानी गरेर पम्पसम्म पुर्याईन्छ । कोशी र सगरमाथा अञ्चलका लागी ढुवानी गर्ने नीजी टयांकर ८० भन्दा माथी छन । जसमध्ये यादवले ५० वटा टयांकर धनिसँग सेटिङ गरेको स्रोतको दावी छ । यस्ता टयांकर मार्फत कोशी र सगरमाथा अञ्चलका २ सय भन्दा बढी पम्पहरुमा तेल ढुवानी हुने गरेको छ । एक वितरकका अनुसार यादवले विभिन्न वहाना देखाई नीजि ढुवानीकर्ताहरुलाई दुख दिने र चिडयाउने काम गरेका छन । सजिलैसँग तेल ढुवानी गर्न अनुमति दिदैनन । अनावश्यक दुख दिने र हप्तै सम्म टयांकरलाई थन्काईदिने गर्दछन। जसका कारण ढुवानी व्यवसायीहरुल्े वाध्य भएर प्रमुखलाई मासिक रकम तोक्न बाध्य भएको गुनासो छ । एक व्यवसायीले भने मासिक रकम प्रमुखलाई तोकिदिएपछि सार्वजनिक विदा वाहेक सवै दिन तेल ढुवानी गर्न अनुमति पाएको छ र काम गर्न सजिलो भएको छ । सगरमाथा अञ्चलका लागी ढुवानी गर्ने व्यवसायीहरुबाट मासिक प्रति टयांकर ३० हजार र कोशी अञ्चल भरि ढुवानी गर्नेसँग हेरी हेरी १० देखी १५ हजार रुपैया लिदै आएका छन । निगमले यस्ता ढुवानीका टयांकरहरुलाई भाडा वापत सगरमाथा अञ्चलका पम्पसम्म पुयाए वापत एक पटकमा १५ हजार सम्म उपलब्ध गराउँछ । निगमको क्षेत्रीय कार्यालय विराटनगरबाट सिरहा र सप्तरी लामो दुरी भएका कारण बढी रकम निगमले दिने गरेको हो । सेटिङ गरेको टयांकरले लाखौ रुपैया ढुवानी खर्च वापत प्राप्त गर्ने र सोही रकमबाट यादवलाई प्रति टयांकर मासिक ३० हजार प्राप्त हुन्छ । स्रोत भन्छ जसले मासिक खर्च दिदैनन उसको पालो महिनामा ५ पटक सम्म पनि पर्दैन । यसरी ५० वटा ढुवानीका टयांकर मार्फत उनले मासिक १० लाख रुपैया अशुल उपर गर्दै आएका छन । पहुँच भएका र समवन्ध बढी राखेका व्यवसायीहरुसँग भने उनले घुस रकम माग्दैनन । यस्तै प्रमुख यादवले पम्पहरुसँग पनि छुटै रकम लिने गरेको पाइएको छ । धेरै तेल बिक्री गर्ने पम्पहरुले पनि छुट्टै नजराना बुझाउनु पर्ने वाध्यकारी अवस्था निगममा सृजना भएको छ ।
एक डिलरको भनाईमा मासिक नजराना टक्राउनेलाई जति माग गरयो त्यती तेल दिन्छन तर नजराना नदिनेलाई २० हजार लिटर तेल माग गरयो भने ४ हजार लिटर पनि तेल दिदैनन । यो व्यथतिबाट निगम चलिरहेपछि निगमका वितरक र ढुवानीकर्ताहरु प्रमुख यादवसँग आक्रोसित भएका छन । खुलेआम भष्ट्रचार भइरहदा पनि निगमलाई नियमन गर्ने निकाय मौन भएर बसेको डिलरहरुको आरोप छ । निगममा खुलेआम भष्ट्रचार बढेपछि केही नीजी ढुवानीकत्र्ता र वितरकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारीमा पुगेको स्रोतको भनाई छ । यस समवन्धमा यादवले आफु यस बिषयमा केही नबोल्ने बताए । फोनमा प्रतिक्रिया लिने होइन कार्यालयमा आउनुस भन्ने जवाफ दिए ।