Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लोकमानका आफन्तले रोके सर्वोच्चले पठाएको म्याद टाँस्न ।



काठमाडौ २ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्न उहाँकै परिवारका सदस्यले अवरोध गरेका छन् ।
     म्याद टाँस्न सोमबार बानेश्वर हाइटमा रहेका कार्कीको घरमा पुगेका सर्वोच्चका दुई वटा टोलीलाई कार्कीका कान्छा ज्वाइँ प्रवल थापा नेतृत्वको समूहले अवरोध गरेको हो । दसैँअघि नै म्याद टाँस्न सर्वोच्चले टोली खटाएको भए पनि टोलीले अहिलेसम्म म्याद टाँस्न सकेको छैन ।
थापासहितका केहि युवाले आफूहरु स्थानीय बासिन्दा भन्दै म्याद टाँस्न नदिई सर्वोच्चको पहिलो टोलीलाई फर्काएका हुन् । घर आफूहरुले भाडामा लिएको र घरमा कार्कीका कोही पनि नबस्ने भन्दै उनीहरुले म्याद टाँस्न रोकेका थिए ।
         त्यस्तै दोश्रो टोलीले पनि वडा कार्यालयमा पुगेर कागजी प्रक्रिया मिलाए पनि कार्कीको घरमा नपुगी त्यसै फर्किएको छ । कार्कीलाई प्रमुख आयुक्तमा नियुक्ति गर्न नमिल्ने भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सर्वोच्चले भदौ ३१ गते पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
निर्णयपछि प्रमुख आयुक्त कार्कीलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको म्याद तामेली पत्र सर्वोच्च प्रशासनले कार्कीका नाउमा काटे पनि अहिलेसम्म बुझाउन सकेको छैन । १० दिनका लागि भनेर एक महिनाअघि क्यानडा गएका प्रमुख आयुक्त कार्की अझै स्वदेश फर्किका  छैनन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget