स्पिरिट एडल्ट्स होम कियर र डे कियरको सांगीतिक साझँ सम्पन्न
अमेरिकाको कोलोराडोमा रहेको कोलोराडो स्पिरिट एडल्ट्स होम कियर र डे कियरले अक्टोबर २१ तारिक एक विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेर बडा दशैं थाहा दीपावालीको शुभकामना आदान प्रदान गरेको छ । संस्थाले आफ्नो शुभचिन्तक मित्रहरुलाई एक ठाउँमा जम्मा परेर भब्य पाटीको आयोजनाको साथै सांगीतिक साझँमा सामेल गरेको थियो । सांगीतिक साझँलाई अझै संगीतमय बनाउनको लागि स्टेजमा गायक देपेश के भट्टराई, विजय अधिकारी र आकृति अधिकारीले पुरानो नेपाली गीत अनि फिल्म गीतहरु प्रस्तुत गरेर कार्यक्रममा झनै बेजोड प्रस्तुती दिएका थियो । कार्य्रक्रमबाट दर्शकहरुले भरपुर मनोरंजन लिएका थिए ।